»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















औद्योगिक व्यवसायिक वातावरण कुण्ठित पार्ने गतिविधिको अन्त हुनु आवश्यक (२०६४/६/१४)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले गुलरिया उद्योग वाणिज्य संघ, बर्दियाको १४ औं वाषिर्क साधारण सभाको हिजो गुलरियामा उद्घाटन गर्दै उद्योगी व्यवसायी मुलुकको आर्थिक विकासको एउटा महत्वपूर्ण अंग भएकोले उद्योग व्यवसायको विकासका लागि सरकारले देशमा अनुकूल औद्योगिक व्यवसायिक वातावरण सृजना गर्नुको साथै आर्थिक एजेण्डालाई पछि पार्न नहुनेमा जोड दिनु भयो ।

प्रमुख अतिथि ढकाले संविधान सभाको निर्वाचन निर्धारित समयमा सफलतापूर्वक सम्पन्न गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले यस क्षेत्रको भूमिकालाई गहन रुपमा लिनु पर्ने तथा देशको राजनीतिक, आर्थिक, सामाजिक लगायत मुलुकको नयाँ संरचनामा समावेशिकरणको अपरिहार्यता भई रहेको वर्तमान अवस्थामा संविधान सभामा निजी क्षेत्रको सहभागिता हुनु पर्ने उल्लेख गर्नु भयो ।

यसैगरी उहाँले देशमा राजनीतिक विकासक्रम र शान्ति स्थापना प्रक्रिया अघि बढ्दै गएता पनि समय समयमा देशका विभिन्न भागमा हुने गरेको अशान्ति र असुरक्षाले उद्योग व्यवसाय मात्र नभई दैनिक जनजीवननै नराम्ररी प्रभावित भएकोले यस्ता घटना दोहोरिन दिन नहुने र आर्थिक एजेण्डलाई प्राथमिकता साथ अघि बढाउनु पर्नेमा जोड दिनु हुंदै देशमा आगामी आर्थिक नीति कस्तो हुने हो सो स्पष्ट नभएकोले प्रत्येक राजनीतिक दलहरुले संविधान सभा निर्वाचनको घोषणा पत्रमा आफ्नो आर्थिक नीति समावेश गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो ।

निरन्तर रुपमा भई रहने बन्द हडताल चक्का जाम, श्रम विवाद, आर्थिक दवाव, लुटपाट, चोरी डकैति, हत्या, हिंसा, अपहरण जस्ता घटनाले लगानीको वातावरणलाईनै कुण्ठित पारेकाले त्यस्ता गतिविधि सदाका लागि अन्त गरी शान्ति सुरक्षाको प्रत्याभूतिका साथै अनुकूल औद्योगिक व्यवसायिक वातावरण तयार गर्न सरकार एवं राजनीतिक दलहरु दृढतापूर्वक तत्कालै लाग्नु पर्नेमा पनि उहांले जोड दिनु भयो ।

कपिलबस्तु तथा रुपन्देहीको हालैको घटना अत्यन्त दुःखदायी हुनुको साथै यस्ता घटनाबाट नेपाल र नेपालीकै ठूलो क्षति हुने हुंदा महासंघले सो घटना निदानका लागि र त्यस्ता घटना अन्य जिल्लामा घटन नदिन सदस्य संघहरु मार्फत सक्रियतापूर्वक कार्य गर्नुका साथै सजगता अपनाइ आएको बताउनु भयो ।

महासंघको कार्यकारिणी समितिका सदस्य भवानी राणाले औद्योगिक व्यवसायिक वातावरण सृजना भएमा उद्योगी व्यवसायीहरुबाट देशको समग्र विकासमा अझ बढी योगदान पुग्ने उल्लेख गर्नु भयो । वर्दिया स्थित विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुखहरुले पनि आ-आफ्नो मन्तव्य व्यक्त गर्नु भएको सो सभाले उद्घाटन समारोहमा नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिब अशोक कर्माचार्यले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

संघका अध्यक्ष राजेन्द्र प्रसाद कंडेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा कोषाध्यक्ष्ँ शैलेन्द्र कुमार मिश्रले संघको आ.व. २०६३।६४ को वाषिर्क प्रतिवेदन र आ.व. २०६४।६५ को अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । समारोहको सञ्चालन संघका सचिब बालकृष्ण लामिछानेले गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.