»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















संविधान सभाको तिथि तत्काल निर्धारण गरी राजनीतिक अन्यौल अन्त गर्न नेउवामहासंघद्वारा माग (२०६४/६/२२)


आम नेपाली जनताको त्याग र बलिदानबाट सफल हुन पुगेको ऐतिहासिक जनआन्दोलन-२ बाट प्राप्त लोकतन्त्र, शान्ति सम्झौता, अन्तरिम विधायिका संसद, अन्तरिम संविधान एवं अन्तरिम सरकारको व्यवस्था सहित वर्तमान अवस्थामा नेपाली जनताको मूल एजेण्डा संविधान सभाको निर्वाचन भएको र यसको तिथि एवं कार्यक्रम समेत तय भई अनुकूल वातावरण बन्दै गएको अवस्थामा सो निर्वाचन स्थगित भएबाट देशमा पुनः राजनीतिक संकट एवं अनिश्चितता देखिएको हुंदा यसबाट आम नागरिकका साथै सम्पूर्ण निजी क्षेत्रलाई गम्भीर रुपमा चिन्तित तुल्याएको छ ।

अत्यन्त महत्वपूर्ण राष्ट्रिय सवाललाई राजनीतिक टुंगोमा पुर्‍याई देशमा दिगो र स्थायी शान्ति स्थापनाका साथै आर्थिक एजेण्डालाई प्राथमिकता साथ अघि बर्ढाई सकारात्मक परिमाणको अपेक्षा गरिएको अवस्थामा संविधान सभाकै निर्वाचन स्थगित हुंदा एकातिर आम नागरिकका साथै सम्पूर्ण औद्योगिक व्यवसायिक क्षेत्रमा नै प्रतिकूल असर पर्ने देखिन्छ भने अर्कोतर्फपूंजी पलायन एवं उद्योग व्यवसाय विस्थापित हुनमा थप बल पुर्‍याउने स्पष्ट छ । अतः मुलुकलाई अरु गम्भिर अवस्थाबाट बचाई राख्न सरकार एवं सबै राजनीतिक दलहरुले गम्भीर चिन्तन मनन गरी संविधान सभाको निर्वाचनको तिथि निर्धारण गरी सो निर्वाचनलाई सुनिश्चित गराउनु अत्यन्त जरुरी भएको नेपाल उद्योग वाणिज्य महासंघको ठहर छ । संविधान सभा निर्वाचनलाई अन्यौलपूर्ण स्थितिमा राख्नु राष्ट्र र जनताको हितमा नहुने हुंदा यही असोज २४ गतेदेखि प्रारम्भ हुने अन्तरिम संसदको विशेष अधिवेशनबाट यसको उचित समाधान गरियोस् भन्ने जोडदार माग पनि सम्पूर्ण निजी क्षेत्रको तर्फबाट महासंघ राख्न चाहन्छ ।

साथै देशको आर्थिक उत्थानको महत्वपूर्ण अंग निजी क्षेत्रको भूमिका के कस्तो हुने र आगामी दिनमा राजनीतिक दलहरुले आ-आफ्नो आर्थिक एजेण्डा मार्फत निजी क्षेत्रलाई कसरी समेट्ने भन्ने समेतको स्पष्ट खाका नहुंदा द्विविधा व्याप्त भएको परिप्रेक्ष्यमा संविधान सभामा निजी क्षेत्रको भूमिका एवं सहभागितालाई स्पष्ट पारिनु पर्दछ भन्ने पनि महासंघको माग छ ।

अहिले मुलुकमा पेट्रोलियम पदार्थको आपूर्ति सरल ढंगबाट पर्याप्त रुपमा हुन नसक्दा पनि यातायात, ढुवानी, उद्योग कल कारखाना लगायतका विकास निर्माणनै नराम्ररी प्रभावित हुन पुगेको छ भने लाखौं जनताले ठूलो दुःख व्यहोर्नु परेको यथार्थतालाई मध्यनजर राखि सरकारले पेट्रोलियम पदार्थको सुलभ र सरल आपूर्तिमा गम्भीर ध्यान दिनु पर्दछ भन्ने पनि महासंघको ठहर छ ।

उद्योग प्रतिष्ठानहरुको सुरक्षाका लागि औद्योगिक सुरक्षा बलको व्यवस्थाको लागि निजी क्षेत्रबाट धेरै पहिलेदेखि माग भई आएकोमा सो अझै हुन नसक्दा द्वन्दका कारण धरासायी अवस्थामा पुगेका उद्योग व्यवसायमा भई आएका विभिन्न प्रकारका श्रम विवाद, दवाव आदिका कारण उद्योग प्रतिष्ठान असह्य पीडा खप्न वाध्य छन् भने औद्योगिक सुरक्षासंग सम्बन्धित जनशक्तिसंग पनि राजनीतिक दलहरुको प्रभाव बढ्नुले औद्योगिक सम्बन्ध सकारात्मक दिशा तर्फ उन्मुख नहुने हुंदा यस्ता गतिविधि तत्कालै बन्द गरिनु पर्दछ भन्ने पनि महासंघको आग्रह छ ।

यसै बीच विभिन्न मागहरु राखी आन्दोलनरत विभिन्न समूहद्वारा गरिएको अनिश्चितकालिन बन्दले पूर्वी तथा पश्चिम तर्राईको जनजीवन अत्यन्त कष्टकर भएको र बडा दशैं, रमजान, तिहार, छठ जस्ता पर्वहरुको मुखमा हुने बन्दबाट उद्योग व्यापार पेशा व्यवसाय मात्र नभई आम जनताले अत्यन्त कष्टकर जीवन व्यतित गर्न परिरहेकोले त्यस्ता कार्यक्रम तत्काल बन्द गरी सहज वातावरण बनाउन पनि महासंघ सरकार लगायत आन्दोलनरत पक्षसंग जोडदार आग्रह गर्दछ ।

साथै उपरोक्त चाड पर्वहरु एवं संस्थागत सामाजिक दायित्व समेतलाई ध्यानमा राखि यातायातका साधन सुचारु सञ्चालन लगायत आवश्यक उपभोग्य बस्तुहरु सहज, सरल एवं सुलभ तवरले उपभोक्ताहरुमा आपूर्ति गर्न/गराउन सहयोग गर्नु हुन महासंघ सम्पूर्ण सदस्य संघ/संस्था एवं समस्त उद्योगी व्यापारी व्यवसायी समूदायमा हार्दिक आव्हान गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.