»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















पत्रकार साहको हत्याको भर्त्सना एवं यस्ता घटना दोहोरिन नदिन महासंघद्वारा जोडदार आग्रह (२०६४/७/२०)


नेपाल कम्यूनिष्ट पार्टि (माओवादी) का कार्यकर्ताले बाराका पत्रकार वीरेन्द्र कुमार साहको हत्या गरिएको साहका वारेमा छानविन गर्न नेकपा (माओवादी) द्वारा गठित समितिले पुष्टि गरी सकेको छ । अपहरणपछि गरिएको उक्त हत्याको नेपाल उद्योग वाणिज्य महासंघ घोर भर्त्सना गर्दै हत्या, अपहरण जस्ता घटना कहिं कतैबाट पनि हुन नहुने कुरामा महासंघ दृढ छ ।

पत्रकार साहको अपहरण भएको एक महिना भन्दा बढी समय विति सक्दा पनि त्यसको खोजिका लागि सरकारबाट ठोस पहल नगरी निरिह बन्नुका साथै प्रशासनबाट तदारुकता नदेखाइनु चिन्तनीय बिषय भएकोले आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा स्वर्गिय साहको परिवारको जीविका एवं बालबालिकाको शिक्षा दिक्षाको व्यवस्था गर्न महासंघ सरकारसंग जोडदार आग्रह गर्दछ ।

साथै पत्रकार साहको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि महासंघ श्री परमेश्वरसंग प्रार्थना गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.