»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















व्यवसायीको तत्काल सकुशल रिहाइका लागि महासंघद्वारा जोडदार आग्रह (२०६४/७/२०)


देशमा केही समय यता अपहरण, हत्या, लुटपाट जस्ता क्रियाकलाप बढ्दै गएकोमा नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ । यसै क्रममा महासंघको सक्रिय सदस्य तुलसीपुर उद्योग वाणिज्य संघका साधारण सदस्य तथा स्टेशनरी एवं छापाखाना व्यवसायी उपसमितिका संयोजक निर्मल कुमार आचार्य तथा उहांका दाजु प्रकाश कुमार आचार्य कामको सिलसिलामा आफ्नो जन्मस्थान पवननगर गा.वि.स. वडा नं. ८ गएको र सोही दिन गत कार्तिक १४ गते सांझ तुलसीपुर तर्फ फर्कने क्रममा बाटैबाट निजहरुलाई अज्ञात समूहद्वारा अपहरण गरिएको र स्थिति अझै अज्ञात रहेकोमा महासंघ अत्यन्त गम्भीर भएको छ ।

आफ्नो व्यापार पेशा व्यवसाय गरी आएका नागरिकलाई विनाकारण अपहरण गर्नु मानव अधिकारको घोर उल्लंघन भएकोले निजहरुलाई तत्काल सकुशल मुक्त गर्न सम्बन्धित पक्षसंग आग्रह गर्दै यसका लागि पहल हुन नेपाल सरकार तथा सम्बन्धित निकायसंग महासंघ जोडदार अपिल गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.