राज्य सञ्चालन र विकास निर्माणको क्रममा राजश्वको प्रमुख श्रोतको रुपमा रहेको घरेलु तथा साना उद्योग सहित उद्योग वाणिज्य क्षेत्रको विकास विस्तार, अनुसन्धान, मानव संसाधन विकास लगायतका प्रबर्द्धनात्मक कार्यका लागि सरकारद्वारा छुट्टयाउने गरिएको वाषिर्क बजेट निकै अपर्याप्त हुने गरेकोले यसलाई आवश्यकतानुसार बृद्धि गर्दै जानु पर्ने, देशमा उपलव्ध श्रोत, साधन र शीपको खोजी गरी उत्पादन, विकास तथा बजार प्रबर्द्धन गर्नु पर्ने, घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय ७५ वटै जिल्लामा विस्तार गरिनुका साथै समयानुकूल यसको क्षमता विस्तार गर्नु पर्ने, घरेलु तथा साना उद्योग सम्बन्धी ऐन नियममा समसामयिक सुधार गर्नुका साथै ती उद्योग व्यवसाय सम्बन्धी सूचना प्रविधिको विकास एवं सूचना प्रवाहमा जोड दिनु पर्ने, चिया र जडिबूटी जस्ता कृषिजन्य एवं वनजन्य बस्तुको विकास विस्तार तथा प्रशोधनको उचित र पर्याप्त व्यवस्था हुनु पर्ने, घरेलु तथा साना उद्योग विकासका लागि कृषि उद्यमसंग आवद्ध गरी लैजानु पर्ने, यस उद्योगको विकास र प्रबर्द्धनका लागि नेपाल उद्योग वाणिज्य महासंघका सदस्य जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघहरु एवं घरेलु तथा साना उद्योग विकास समितिका जिल्ला स्थित कार्यालय बीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी रुपमा अघि बर्ढाईनु पर्ने, महासंघ र घरेलु तथा साना उद्योग विकास समिति लगायत अन्य सरकारी निकायद्वारा उद्योग व्यवसाय क्षेत्रमा दिइने तालीममा एकरुपता ल्याईनु पर्ने कुरामा जोड दिईएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघद्वारा घरेलु तथा साना उद्योग विकास समिति अन्तर्गत देशका विभिन्न जिल्ला स्थित कार्यालयका अधिकृतहरुको सहभागितामा हिजो महासंघको सचिवालयमा आयोजित अन्तरक्रियाका सहभागीहरुद्वारा सो कुरामा जोड दिईएको हो ।
महासंघका अध्यक्ष चण्डिराज ढकालले उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुंदै सामाजिक आर्थिक क्षेत्रको रुपान्तरण नगरी देशको आर्थिक विकास सम्भव नभएको र उद्योग व्यवसायको विकास विना आर्थिक विकास सम्भव नभएको परिप्रेक्षमा औद्योगिक विकासमा घरेलु तथा साना उद्योगको भूमिका उल्लेखनीय रहेकोले जिल्ला जिल्लामा उपलव्ध श्रोत साधन र शीपको पहिचान गरी यसको विकास विस्तारका लागि जिल्ला/नगर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग सम्बन्धी निकायले सहकार्य र समन्वयका साथ कार्य गर्नु पर्ने, महासंघद्वारा अघि बर्ढाईएको एक गाउं एक उत्पादन, इलम प्रशिक्षण केन्द्र, घरेलु, साना तथा लघु उद्यम विकास, महिला उद्यमी विकास जस्ता कार्यक्रमहरुलाई प्रभावकारी रुपमा अघि बर्ढाई रोजगारी एवं निर्यात बृद्धि तथा गरिवी निवारणमा सघाउन अझ प्रभावकारी भूमिका खेल्नु पर्ने, स्थानीय विकास निर्माणका कार्यहरु र्सार्वजनिक-निजी साझेदारी अवधारणा अनुरुप कार्यान्वयन गर्नु पर्ने, उवासंघहरु र घरेलु तथा साना उद्योगसंग सम्बन्धित अधिकृतहरु बीच निरन्तर सम्वाद हुनु पर्ने र समस्या समाधानमा समेत सहकार्य हुनु पर्ने कुरामा जोड दिनु भयो ।
साथै उहांले जिल्लामा सम्भाव्य उद्योग व्यवसायको विकासका लागि प्राविधिक सेवा एवं उत्पादित बस्तुको बजार प्रबर्द्धनका लागि सहयोग गर्न महासंघ तयार रहेको तथा सूचना प्रवाहलाई सम्भाव्यताको आधारमा प्रभावकारिता ल्याईने, घरेलु तथा साना उद्योगलाई कृषि उद्यमसंग आवद्ध गरी लैजान प्रयास गरिने, सरकारी निकाय र महासंघद्वारा प्रदान गरिने तालीम/प्रशिक्षणमा एकरुपता ल्याउन र उद्योग व्यवसाय क्षेत्रका लागि बजेट बृद्धि गर्न अझ बढी पहल गरिने उल्लेख गर्नु हुंदै क्षेत्रीय स्तरमा पनि घरेलु तथा साना उद्योग विकास सम्बन्धी अन्तरक्रिया गर्ने सोच महासंघको रहेको बताउनु भयो ।
महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले मन्तव्य व्यक्त गर्नु हुंदै उद्योग व्यवसायको विकास मार्फत जिल्लामा आर्थिक गतिविधि बढाउन निजी र सरकारी क्षेत्रले सक्रिय एवं समन्वयात्मक रुपमा कार्य गर्दै जानु पर्ने र बजार प्रबर्द्धनको क्रममा मेला महोत्सवलाई अझ प्रोत्साहित गर्नु पर्ने उल्लेख गर्नु हुंदै हालसम्म ७३ जिल्लामा उद्योग वाणिज्य संघहरु कार्यरत रहेको र बझाङ्गमा तदर्थ समिति गठन भई सकेको तथा जाजरकोटमा पनि यसै वर्षगठन भई महासंघले ७५ वटै जिल्लामा आफ्ना सदस्यहरु मार्फत उद्योग व्यवसाय प्रबर्द्धनका लागि सेवा पुर्याउन सक्रिय रहेको अवस्थामा घरेलु तथा साना उद्योग सम्बन्धी कार्यालयलाई पनि सबै जिल्लामा विस्तार गर्नु पर्नेमा जोड दिनु भयो ।
हालसम्म घरेलु तथा साना उद्योग कार्यालय २७ जिल्ला र घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय ४८ जिल्लामा रहेका छन् ।
घरेलु तथा साना उद्योग विभागका का.मु. महानिर्देशक ध्रुव जोशीले र्सार्वजनिक-निजी साझेदारी अनुरुप विकास कार्यलाई अघि बढाउने सरकारको नीति नै भएकोले जिल्ला स्थित कार्यालयहरुले सोही अनुरुप कार्य गर्नु पर्ने र केन्द्रीय स्तरमा उद्योग वाणिज्यसंग सम्बन्धित निकायमा महासंघको प्रतिनिधित्व भए भै जिल्लामा पनि जिल्लाका उवासंघहरुको प्रतिनिधित्व गर्राई कार्य गर्न सहभागीहरुलाई सुझाव दिनु भयो ।
घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक युद्ध बहादुर पन्तले आजको युगमा सरकारी प्रयासले मात्र उद्योग व्यवसाय लगायत विकास निर्माणका कार्य सम्भव नभएकोले निजी क्षेत्रसंग सहकार्य गरी अघि बढ्नु पर्ने र उपलव्ध श्रोत र साधनको अधिकतम उपयो गरी उत्पादन, उत्पादकत्व तथा बजार विस्तार गर्ने कार्यमा समेत सहकार्यका साथ अघि बढ्न जिल्ला अर्न्तर्गत कार्यालयका अधिकृतहरुलाई निर्देशन दिनु भयो ।
महासंघको महिला उद्यमी विकास फोरमकी सभापति शान्ति चड्डाले प्रत्येक जिल्लाको श्रोत, साधन र पहिचान भएमा त्यसको विकास विस्तारका लागि सघाउन सकिने हुंदा सो सम्बन्धी जानकारी पर्ठाई दिन सहभागीहरुलाई आग्रह गर्नु भयो ।
महासंघको घरेलु तथा लघु उद्यम विकास समितिका सहसभापति ओम बंसलले धन्यवाद ज्ञापन गर्नु हुंदै उद्योगका साथै रोजगारी, राजश्व र निर्यातको क्षेत्रमा घरेलु, साना तथा लघु उद्योगको महत्वपूर्ण योगदान भएतापनि निरन्तर भई रहने बन्द, हडताल, चक्काजाम जस्ता गतिविधिले यी उद्योग धरासायी हुंदै गएकोमा चिन्ता व्यक्त गर्नु हुंदै त्यस्ता गतिविधि सदाका लागि बन्द गर्नु पर्नेमा जोड दिनु भयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका महासचिब श्याम गिरीले ठूला उद्योगको पूर्वाधारनै घरेलु तथा साना उद्योग भएकोले घरेलु तथा साना उद्योग सम्बन्धी कार्यालय सबै जिल्लामा पुर्याउन र यसको क्षमता विकासमा नेउवामहासंघसंग मिलेर पहल गर्ने बताउनु भयो ।
घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिका वरिष्ठ अधिकृतहरु, महासंघको रोजगारदाता परिषद्का सभापति एवं पदेन उपाध्यक्ष रविन्द्र श्रेष्ठ, औद्योगिक प्रबर्द्धन समितिका सभापति प्रदीपजंग पाण्डे, का.मु. महानिर्देशक मेघनाथ न्यौपाने तथा वरिष्ठ परामर्शदाता गोविन्द देव पाण्डे समेतको उपस्थिति उक्त कार्यक्रममा रहेको थियो ।