»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपाल र मोरक्को बीच व्यापार विस्तारका लागि द्विपक्षीय सहमति २०६४/७/३०


नेपाल र मोरक्को (Morocco) बीच द्विपक्षीय व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनका साथै अन्य आर्थिक सम्बन्ध विस्तारका लागि नेपाल उद्योग वाणिज्य महासंघ र मोरक्कोको समकक्षि संस्था बीच छिट्टै स्मृतिपत्रमा हस्ताक्षर गरिने भएको छ ।

दुई देश बीच आर्थिक सम्बन्ध विस्तारको प्रशस्त संभावना हुनुको साथै कुटनीतिक सम्बन्ध स्थापनाको तीन दशक वितिसक्दा पनि आर्थिक सम्बन्ध विस्तारमा अझै ठोस प्रगति नभएकोले सो सम्बन्धमा ठोस पहल गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल र नेपालका लागि मोरक्कोका राजदूत लार्बी मौखारिक (Larbi Moukhariq) बीच हिजो महासंघको सचिवालयमा आयोजित वैठकमा उक्त विषयमा सहमति जनाइएको हो ।

महासंघको तर्फबाट पर्यटन प्रवर्द्धन फोरमका सभापति वि.के. श्रेष्ठ, वस्तुगत परिषद्का संयोजक एवं नेपाल-जर्मन उद्योग वाणिज्य संघका अध्यक्ष रोहिणी थपलिया, अन्तर्राष्ट्रिय सम्पर्क फोरमका सभापति विजय कुमार दुगड, नेपाल पश्मिना उद्योग संघका अध्यक्ष शंकर प्रसाद पाण्डे, नेपाल गलैंचा निकासीकर्ता संघका अध्यक्ष कविन्द्रनाथ ठकुरी र महासंघका वरिष्ठ परामर्शदाता गोविन्ददेव पाण्डेको सहभागिता रहेको उक्त वैठकले नेपाल र मोरक्को बीच व्यवसाय एवं पर्यटन र सांस्कृतिक आदान प्रदानका साथै नेपालको पर्यटन, जलश्रोत, उत्पादनमूलक तथा सेवा उद्योग व्यवसायमा संयुक्त लगानीको प्रशस्त संभावना हुनुका साथै नेपालबाट त्यस तर्फगलैंचा, तयारी पोशाक, पश्मिना, हस्तकला, जडिबूटी, चिया, कफि, हाते कागज आदि वस्तुहरु निर्यातको ठूलो संभावना रहेको औल्याएको छ ।

हालसम्म नेपाली वस्तु यूरोपिय मुलुक पुगि त्यहांबाट मोरक्को जाने गरेकोमा सिधैं त्यहां निर्यात गर्न सके हालको भन्दा आधा मूल्यमा मोरक्कोमा नेपाली सामान पाउन सकिने विश्लेषण समेत वैठकले गरेको छ ।

नेपाल र मोरक्को बीच सिधा व्यापारिक सम्पर्क विस्तारका लागि दुवै देशले पहल गर्नुका साथै सिधा हवाई सम्पर्क हुनु पर्ने र प्रारम्भिक चरणमा नेपाली वस्तुका लागि मोरक्कोले केही सहुलियत दिनु पर्ने तथा व्यापारिक प्रतिनिधिमण्डल र सूचनाको आदान प्रदानका साथै एक अर्का देशमा व्यापार मेला आयोजना गर्नु पर्नेमा पनि वैठकले जोड दिएको छ ।

महासंघका अध्यक्ष ढकालले नेपाली मात्र नभई नेपाली उत्पादनका लागि सुविधायुक्त भारतीय लगायत विशाल चिनियाँ बजार समेतलाई दृष्टिगत गरि नेपालमा लगानी तथा उत्पादन गरि लाभ लिन सकिने हुंदा नेपालमा लगानी प्रवाहका साथै विश्व प्रशिद्ध आकर्षक पर्यटकीय स्थल नेपालमा पर्यटक प्रवाहका लागि पहल गर्न मोरक्कोका राजदूत एवं अवैतनिक वाणिज्यदूतलाई आग्रह गर्नु हुंदै व्यापारिक प्रतिनिधिमण्डल र सूचनाको आदान प्रदानका साथै एक अर्का देशमा व्यापार मेला आयोजना महासंघ र मोरक्कोको समकक्षि संस्थाको पहलमा गर्न सकिने र यसका लागि दुवै मुलुकका सरकार एवं कुटनीतिक नियोगको सहयोग अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नु भयो ।

नेपाल स्थित मोरक्कोका नवनियुक्त अवैतनिक वाणिज्यदूत बसन्त चौधरीको सहभागिता रहेको उक्त वैठकमा राजदूत मौखारिकले मोरक्को र नेपाल बीच व्यापार लगानी तथा पर्यटन प्रवर्द्धनको राम्रो संभावना रहेकोले यसका लागि आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउनुका साथै सूचना एवं प्रतिनिधिमण्डलको आदान प्रदान र व्यापार मेलाको आयोजना गर्दै जानु पर्ने उल्लेख गर्नु हुंदै मोरक्कोबाट भारत आउने व्यापारिक प्रतिनिधिमण्डल तथा पर्यटकहरुलाई नेपाल भ्रमणका लागि समेत प्रोत्साहित गर्ने आश्वासन दिनु हुदैं नेपाली व्यापारिक प्रतिनिधिमण्डल मोरक्को पठाउन आग्रह गर्नु भयो ।

विगत तीन वर्षे नेपाल र मोरक्को बीचको व्यापारलाई दृष्टिगत गर्दा आ.व. २०६०/६१ र आ.व. २०६१/६२ मा नेपालले मोरक्कोबाट क्रमशः ५५ लाख ५३ हजार रुपैयां र २३ लाख ६९ हजार रुपैयांको सामान आयात गरेकोमा निर्यात भने सून्य थियो र आ.व. २०६२/६३ मा नेपालबाट ६४ हजार रुपैंयाको सामान मोरक्को निर्यात भएकोमा यस वर्षआयात सून्य रह्यो ।

निर्यातित वस्तुहरुमा गलैंचा, नक्कली गहना तथा हस्तकलाका सामान छन् भने आयातित वस्तुहरुमा मेशिनरी औजार, औषधि र तामा तथा आल्मोनियमका पाता प्रमुख छन् ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.