»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















घरेलु तथा साना उद्योग कार्यालय प्रमुखहरुसंग अन्तरक्रिया - घरेलु तथा साना उद्योगको विकासका लागि विशेष नीतिमा जोड (२०६४/८/८)


घरेलु तथा साना उद्योगहरुलाई राष्ट्रको आवश्यकता अनुसार विकास गर्न नसके मुलुकले अघि सारेको आर्थिक विकास तथा गरिवी निवारणको लक्ष प्राप्त हुन नसक्ने कुरा यस क्षेत्रका विज्ञहरुको छ । अधिकांश उद्योगहरु घरेलु तथा सानास्तरका रहेको हाम्रो जस्तो मुलुकले घरेलु तथा साना उद्योगहरुको विकासका लागि उत्पादन तथा गुणस्तर सुधार, वजार प्रवर्द्धन एवं प्रविधियुक्त बनाउन विशेष खालको नीति अघि सार्नुपर्ने धारणा नेपाल उद्योग वाणिज्य महासंघद्वारा "घरेलु तथा साना उद्योगः समस्या र सम्भाव्यता" विषयमा हिजो महासंघको सचिवालयमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले व्यक्त गर्नु भयो ।

नेपाल सरकार घरेलु तथा साना उद्योग विभाग अन्तरगत देशका विभिन्न जिल्लास्थित कार्यालय प्रमुखहरुको सहभागितामा आयोजित सो कार्यक्रममा साना उद्यमीहरुले अहिले पनि विभिन्न प्रकारका समस्याहरु भोग्नु परेकाले कर्जा सुविधा, नयां प्रविधिको प्रयोगमा प्रोत्साहन, कच्चा पदार्थको सुविधा, उत्पादित बस्तुहरुको बजार व्यवस्था, उत्पादन विस्तार एवं गुणस्तर सुधारका लागि विशेष तालीम आदिको सुविधा दिनु पर्नेमा जोड दिइएको थियो ।

साथै घरेलु तथा साना उद्योगहरुको विकास एवं विस्तार अपेक्षित रुपमा हुन नसकेको, उत्पादन, गुणस्तर, प्रविधि तथा प्रतिस्पर्धाका हिसावले समेत घरेलु तथा साना उद्योगहरु अझै पनि पछाडी रहेकाले मुलुकको माग र आवश्यकतालाई समेत मध्यनजर गर्दै स्थानीय स्रोत, साधन र जनशक्तिबाट संचालन गर्न सकिने उद्योगहरुको पहिचान गरी प्रतिस्पर्धी रुपमा अघि बढ्नु पर्ने र यसका लागि सरकार-निजी क्षेत्रको साझेदारीमा जोड दिइएको थियो ।

सो कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै महासंघका अध्यक्ष चण्डिराज ढकालले साना तथा घरेलु उद्योगहरुलाई राष्ट्रिय आवश्यकता अनुरुप विकास गरी अघि बढ्नुपर्ने खांचो औल्याउनु भयो । यसका लागि नीतिगत परिवर्तनमा जोड दिंदै अध्यक्ष ढकालले साना तथा घरेलु उद्योगहरुलाई राष्ट्रिय आवश्यकता अनुसार विकास नगरिए गरिवी निवारणको लक्ष पुरा गर्न नसकिने बताउनु भयो ।

कुन जिल्लामा कुन वस्तुलाई स्थानीय निकाय र निजी क्षेत्र मिलेर विकास गर्न सकिन्छ त्यसमा सल्लाह दिन कार्यालय प्रमुखहरुलाई आग्रह गर्नु हुदै अध्यक्ष ढकालले जिल्लामा उपलव्ध स्रोत, साधन र शीपको पहिचान गरी यसको विकास विस्तारका लागि जिल्ला नगर उद्योग वाणिज्य संघहरु र घरेलु तथा साना उद्योग सम्बन्धी निकायहरुले सहकार्य र समन्वयका साथ कार्य गर्नुपर्नेमा जोड दिनु भयो । उहांले दक्षिण तथा दक्षिणपूर्वि एशियाका धेरै जसो देशहरुको औद्योगिक विकासको आधार घरेलु तथा साना उद्योगहरुनै भएको पर्रि्रेक्षमा नेपालमा भने यस क्षेत्रको विकास अपेक्षित रुपमा हुन नसकेको बताउनु भयो ।

साथै उहांले जिल्लामा सम्भाव्य उद्योग व्यवसायको विकास, उत्पादित वस्तुको वजार प्रवर्द्धन एवं प्राविधिक सहयोगका क्षेत्रमा सहकार्य गर्न महासंघको प्रतिवद्धता जनाउदै महासंघद्वारा अघि बढाइएका एक गाउं एक उत्पादन, इलम प्रशिक्षण कार्यक्रम, घरेलु, साना तथा लघु उद्यम विकास कार्यक्रमहरु र्सार्वजनिक-निजी साझेदारीको अवधारणा अनुरुप संचालन भएको जानकारी गराउनु भयो । नेपाली निजी क्षेत्र सरकारको सामाजिक-आर्थिक विकासका हरेक कार्यक्रममा साझेदारीको भावनाले अघि बढेको बताउनुहुंदै अध्यक्ष ढकालले अन्तराष्ट्रिय रुपमै निजी क्षेत्रको प्रभावकारीता निकै बढेको धारणा राख्नु भयो ।

घरेलु तथा साना उद्योग विभागका महानिर्देशक ध्रुव जोशीले विभाग तथा यस अन्तरगतका सबै निकायहरुको सेवाग्राही उद्योगीहरुनै भएकाले उनीहरुसंगको सहकार्य महत्वपर्ूण्ा भएको बताउनु भयो । साथै उहांले आर्थिक विकासको सम्वाहक निजी क्षेत्रसंगको सहकार्यमा विभाग र यस अन्तरगतका जिल्लास्थित निकायहरुको प्रतिवद्धता जनाउंदै विभागका हरेक कार्यक्रममा महासंघ र यसका सदस्य संघहरुको सक्रिय सहभागिताको सराहना गर्नुभयो ।

महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले महासंघले आफनो स्थापनाकालदेखिनै घरेलु तथा साना उद्योगको विकासमा विशेष महत्व दिंदै आएको जानकारी गराउंदै घरेलु तथा साना उद्योग पर््रवर्द्धनका हरेक कार्यमा विभाग र यसका अन्तरगतका जिल्ला निकायहरुसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको विश्वास दिलाउनु भयो ।

मुलुकमा संचालित कूल उद्योगहरुमा करिव ९७ प्रतिशत स्थान ओगटेको घरेलु तथा साना उद्योगहरुको कूल रोजगारीमा करिव ८५ प्रतिशत अंश रहेको छ । यस क्षेत्रलाई सशक्तरुपमा अघि बढाउन छुट्टै नीतिको खांचो रहेकोमा उहांले जोड दिनु भयो । तृतीय उपाध्यक्ष श्रेष्ठले महासंघले क्षेत्रीय तथा जिल्ला स्तरीय मेला महोत्सवको आयोजना मार्फ पनि घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन गर्ने नीति लिएको जानकारी गराउनु भयो ।

महासंघको घरेलु तथा लघु उद्यम विकास समितिका सभापति डीवी बस्नेतले धन्यवाद मन्तव्यका क्रममा आगामी दिनमा सम्बन्धित जिल्लाका उद्योगीहरुको समेत सहभागितामा यस्ता कार्यक्रमहरुको आयोजना गर्नुपर्नेमा जोड दिनुभयो ।

महासंघका कामु महानिर्देशक मेघनाथ न्यौपानेले महासंघको प्रमुख उद्देश्य, लक्ष्य, कार्यक्रम तथा विविध गतिविधि सम्बन्धमा प्रस्तुतिकरण गर्नुभएको सो कार्यक्रममा महासंघका वरिष्ठ परामर्शदाता गोविन्ददेव पाण्डे, घरेलु तथा साना उद्योग विभागका अधिकृतहरु समेतको उपस्थिति रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.