»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















अपहरित व्यवसायिहरुको शीघ्र रिहाइको माग सहित नेउवामहासंघद्वारा पूर्ण सुरक्षाको प्रत्याभूतिका लागि जोडदार आग्रह (२०६४/८/१२)


नेपाल उद्योग वाणिज्य महासंघको सदस्य सिद्धार्थनगर उद्योग वाणिज्य संघको सदस्य सिद्धार्थनगर-४ उद्योगपुरी स्थित पाण्डे राईस मिलका प्रोपाराईटर इश्वरदत्त पाण्डेको रुपन्देहीको मधुवनी गा.वि.स. महिलवारबाट अज्ञात समूहद्वारा गत आइतवार मंसीर ९ गते अपहरण गरिएको र उहांको स्थिति अझै अज्ञात रहेका कारण पूर्ण सुरक्षाको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा उत्रने सिद्धार्थनगर उद्योग वाणिज्य संघको निर्णय अनुरुप आज सिद्धार्थनगर बजार पूरा बन्द सहित उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएकोमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षा भएको छ ।

सोही क्रममा महासंघको सदस्य तुलसीपुर उद्योग वाणिज्य संघको साधारण सदस्य तथा स्टेशनरी एवं छापाखाना व्यवसायी उपसमितिका संयोजक निर्मल कुमार आचार्य तथा उहाँका दाजु प्रकाश कुमार आचार्यलाई गत कार्तिक १४ गते अज्ञात समूहद्वारा अपहरण गरिएकोमा दाजु प्रकाश आचार्यलाई केही दिनपछि मुक्त गरिएता पनि अथक पहलका बावजूद निर्मल कुमार आचार्यको स्थिति एक महिना विति सक्दा पनि अझै अज्ञातनै रहेको छ ।

शान्ति सम्झौता, अन्तरिम व्यवस्थापिका संसद र अन्तरिम सरकारको गठन तथा अन्तरिम संविधान निर्माणसंगै देश दीगो र स्थायी शान्ति तर्फ अग्रसर भई देश र जनतामा केही राहतको अनुभव भई विभिन्न पेशा व्यवसायले गति लिन थालेको अवस्थामा केही समय यता अपहरण, हत्या, लुटपाट, चोरी, डकैति जस्ता क्रियाकलाप बढ्दै गएकोमा महासंघ अत्यन्त चिन्तित भई आएको छ ।

महासंघ त्यस्ता घटनाको घोर निन्दा एवं भर्त्सना गर्दै आफ्नो पेशा व्यापार व्यवसाय गरी आएका व्यक्तिलाई विना कारण अपहरण गर्नु मानव अधिकारको घोर उल्लंघन भएको ठहर गर्दछ र त्यस्ता घटना वारम्वार भई रहनाले देशमा अराजक स्थिति उत्पन्न भई कुनै पनि पेशा व्यवसायले गति लिन नसक्ने र यसबाट राष्ट्र ठूलो आर्थिक सामाजिक संकटको भूमरिमा पर्न सक्ने भएकोले अपहरित व्यक्तिहरुको तत्काल निःशर्त सकूशल रिहाइका लागि सम्बन्धित पक्षसंग आग्रह गर्दै सोका लागि पहल हुन र देशमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन महासंघ नेपाल सरकारसंग जोडदार अनुरोध गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.