नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालको अध्यक्षतामा महासंघको सचिवालयमा गत शुक्रवार (मंसीर १४ गते) बसेको कार्यकारिणी समितिको वैठकले देशमा अपहरण, लुटपाट, चोरि डकैति लगायत जनधनको असुरक्षा र चन्दा दवाव बढ्दै गएकोमा गम्भिर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल अन्त गर्नु पर्नेमा जोड दिएको छ ।
त्यसैगरी वैठकका सहभागीहरुले असुरक्षाका कारण तर्राईको अवस्था झनै भयावह भई उद्योगी व्यवसायीले अत्यन्त समस्याग्रस्त स्थितिमा गुजार गर्नु परेको र कतिपय विस्थापित हुनु परेको, पेट्रेलियम पदार्थको अभाव र बन्द हडतालका कारण सामान्य जनजीवनदेखि लिएर उत्पादन, सेवा र आपूर्ति नै संकटमय बन्दै गएको, विभिन्न जिल्लामा स्थानीय निकायद्वारा अनियमित रुपमा उठाइने कर/शुल्क र ढुवानीमा सिण्डिकेट प्रथाले अनेकन कठिनाईका साथै लागत मूल्य बढ्न गएको र औद्योगिक सुरक्षा बल अझै गठन हुन नसक्दा समस्या बढ्दै गएकोमा गम्भिर ध्यानाकर्षा गर्दै छिट्टै राजनीतिक अस्थिरताको अन्त गरी आर्थिक एजेण्डालाई प्राथमिकता साथ अघि बढाउनु पर्नेमा जोड दिनु भयो ।
उक्त वैठकले महासंघको हालको विधानको केही दफाको व्याख्या गर्ने अख्तियारी पदाधिकारी समितिलाई दिने निर्णय गर्नुका साथै सदस्यता समितिको सिफारिश अनुसार निवर्तमान अध्यक्ष विनोद बहादुर श्रेष्ठद्वारा नयां सदस्यताका लागि प्रस्तुत निम्न संघ/संस्थालाई निम्नानुसार सदस्यता प्रदान गर्ने निर्णय गरेको छः
१. जिल्ला स्तरीय उद्योग वाणिज्य संघः
क) बझाङ्ग उद्योग वाणिज्य संघ ।
२. बस्तुगत संघः
क) सौर्न्दर्यकला व्यवसायी संघ, नेपाल
ख) नेपाल हिमालय सीमापार वाणिज्य संघ
३. एशोसिएट सदस्यताः
क) एशियन थाई फुड्स (प्रा).लि, विराटनगर ।
ख) नेपाली पेपर प्रोडक्टस प्रा.लि., काठमाडौं ।
ग) वृज सिमेन्र्टर् इ.प्रा.लि. सिर्द्धार्थनगर ।
घ) जगदम्वा इन्टरप्राइजेज प्रा.लि. वीरगञ्ज ।
-ङ) जगदम्वा सेन्थेटिक्स प्रा.लि. सिर्द्धार्थनगर ।
च) जगदम्वा सिमेन्र्टर् इ.प्रँ.लि., सिर्द्धार्थनगर ।
छ) जगदम्वा स्टील्स प्रँ.लि., वीरगञ्ज ।
ज) पोलिमर इण्डस्टि्रज प्रा.लि., वीरगञ्ज ।
झ) मनोकामना भेजिटेवल घि एण्ड आयलर् इ. प्रा.लि, विराटनगर ।
ञ) लुम्विनी चिनी उद्योग प्रा.लि., नवलपरासी ।
ट) प्रुडेन्सीयल वित्तीय संख्या लि., काठमाडौं ।
ठ) स्पाईस नेपाल प्रँ.लि., काठमाडौं ।
उक्त वैठकलाई सम्वोधन गर्नु हुंदै महासंघका अध्यक्ष चण्डिराज ढकालले देशमा उद्योगी व्यवसायी र उद्योग व्यवसायको असुरक्षा र उनीहरु माथिको अनेकन आक्रमण, दवाव बढ्दै गएको र तर्राईमा झनै असहज स्थिति भएको तथा जल्दा बल्दा औद्योगिक व्यवसायिक समस्या प्रति महासंघ गम्भिर हुनुको साथै समाधानका लागि निरन्तर प्रयत्नरत भएको जानकारी गराउनु हुंदै राजनीतिक अस्थिरताको टुंगो नलाग्दा अशान्ति र असुरक्षा बढ्दै गएकोले यस प्रति सरकार एवं राजनीतिक दलहरु सजग हुनु पर्ने उल्लेख गर्नु भयो ।
साथै उहांले देशको आर्थिक विकासका लागि एकतावद्ध भई सहकार्यका साथ अघि बढ्न महासंघ प्रयासरत रहेको उल्लेख गर्नु हुंदै उत्पादन र सेवाको विकास विस्तार, व्यवसाय प्रवर्द्धन, रोजगारी अभिवृद्धि, निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि महासंघ निरन्तर क्रियाशील रहेको बताउनु भयो ।
वैठकमा महासंघका भूतपूर्व अध्यक्ष एवं विशिष्ट सदस्य रविभक्त श्रेष्ठ, प्रथम उपाध्यक्ष दिवाकर गोल्छा, द्वितीय उपाध्यक्ष कुशकुमार जोशी, रोजगारदाता परिषद्का सभापति एवं पदेन उपाध्यक्ष रविन्द्र श्रेष्ठ तथा कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता थियो ।
सो वैठकले महासंघका परिषद्/समिति/फोरमका सभापतिहरु र अञ्चल प्रतिनिधिहरुद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्नुका साथै महानिर्देशकको प्रतिवेदनलाई अनुमोदन गर्यो ।