»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















कार्यस्थलमा एचआइभी/एड्स नियन्त्रण तर्फसमयमै ध्यान नदिए अर्थतन्त्रमा गम्भीर असर पर्ने (२०६४/८/२०)


विश्वव्यापीरुपमा फैलिएको एचआइभी/एड्सलाई नियन्त्रण गर्ने तर्फसमयमै ठोस पहल हुन नसके नेपाल जस्ता अविकसित देशको अर्थतन्त्रमा गम्भीर समस्या पर्न सक्ने हुंदा यसको नियन्त्रण तथा न्यूनिकरणमा राज्यका सम्पूर्ण पक्ष एकजुट हुनुपर्नेमा जोड दिइएको छ ।

एचआइभी/एड्सबाट आर्थिक तथा सामाजिक क्षेत्र नराम्ररी प्रभावित हुने हुंदा यसको न्युनिकरण तथा नियन्त्रणका लागि कार्यस्थलमा यस विरुद्ध लड्न साझा नीति सहित जनचेतना मूलक कार्यक्रमलाई तिब्रता दिनुपर्ने र यसका लागि रोजगारदाता तथा कामदारहरुको प्रतिनिधिमुलक संस्थाहरुको सहकार्य महत्वपूर्ण हुनेमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय श्रम संगठन (International Labour Organization-ILO) द्वारा संयुक्त रुपमा आजदेखि काठमाडौं आयोजना गरिएको कार्यस्थलमा व्यवसायिक स्वास्थ्य सुरक्षा तथा एचआइभी/एड्स (Occupational Safety & Health and HIV/AIDS) विषयक दुई दिने कार्यशाला गोष्ठीका सहभागीहरुले सो कुरामा जोड दिएका हुन । उक्त कार्यशालामा आइएलओ जेनेभाका डा. बेन्जामिन अली (Dr. Benjamin Alli, ILO) मुख्य श्रोत व्यक्ति हुनुहुन्छ ।

एक तथ्यांकले विश्वमा १५ देखि ४९ वर्षभित्रका करिव २ करोड ६० लाख कामदार कर्मचारीहरु एचआइभी/एड्स संक्रमित भएका र उपचार तथा सेवा हेरचाहको पहुंचमा व्यापकता र सुनिश्चिता कायम हुन नसकेमा सन् २०१५ सम्ममा उक्त संख्या दोव्वर हुने अनुमान गरिएको छ । यूएन एडस नेपालका अनुसार नेपालमा यदि एचआइभी/एड्सको अवस्था अहिले जस्तै निरन्तर रहने हो भने यस दशकको अन्त्यतिर पुग्दा वाषिर्क पन्ध्रहजार मानिसहरुको मृत्युको मुख्य कारणनै एचआइभी/एड्स हुने छ ।

नेपाल सरकार मन्त्रिपरिषद्द्वारा हालै पारित कार्यस्थलमा एचआइभी/एड्स सम्बन्धी राष्ट्रिय नीति-२०६४ को प्रभावकारी कार्यान्वयन समेतलाई ध्यान दिई उद्योग/प्रतिस्ठानहरुमा एचआइभी/एड्स नियन्त्रणका लागि साझा नीति तय गर्ने उद्देश्यले उद्योगी व्यवसायी, ट्रेड युनियनका प्रतिनिधिहरु, विभिन्न उद्योग प्रतिष्ठानका प्रमुख कार्यकारीहरु गरी करिव ३५ जनाको सहभागीतामा आयोजित उक्त कार्यशालामा आइएलओको एचआइभी/एड्स सम्बन्धी आचार संहिता, नेपाली कम्पनीहरुमा हाल संचालित सफल कार्यक्रमहरु, व्यवसायजन्य स्वास्थ्य र सुरक्षा, एचआइभी/एड्स सम्बन्धी राष्ट्रिय नीति, कार्यस्थलमा एचआइभी/एड्स नियन्त्रण रोकथाम तथा हेरचाह सम्बन्धमा विश्व्यापी मान्यताका विषयमा व्यापक छलफल गरी कार्ययोजना समेत तय गरिने कार्यक्रम छ ।

उक्त गोष्ठीको एक समारोह बीच उद्घाटन गर्नुहुंदै श्रम तथा यातायात व्यवस्था राज्यमन्त्री रमेश लेखकले विश्वमै ठूलो चूनौतीको रुपमा देखापरेको एचआइभी/एड्सजस्तो डरलाग्दो रोगलाई सममयैनियन्त्रण नगर्ने हो भने नेपालका लागि ठूलो समस्याको रुपमा देखापर्ने हुंदा यसको नियन्त्रणमा राज्यको सम्पूर्ण पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो ।

विशेषगरी श्रम र रोजगारसंग बढी गांसिएको यस रोगको नियन्त्रणका लागि नेउवामहासंघ र ट्रेड युनियन जस्ता संस्थाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुहुदै राज्यमन्त्री लेखकले एचआइभी/एड्स विरुद्ध लड्ने सवालमा सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाउनु भयो । एचआइभी एड्सको सबैभन्दा बढी असर उद्योग व्यवसायमा पर्नेहुंदा कार्यस्थलमा यसका विरुद्ध व्यापक जनचेतना जगाउन आवश्यक भएकोमा जोड दिंदै उहांले एचआइभी/एड्स नियन्त्रणका कार्यक्रम तय गर्दा आइएलओ र आइओएम जस्ता अन्तराष्ट्रिय संस्थाहरुको सहयोग महत्वपूर्ण भएको बताउनु भयो ।

आइएलओका कन्ट्री डाइरेक्टर सिन्जे ली (Shengjie Li, Country Director, ILO) ले विश्वमा ठूलो संख्यामा कामदार कर्मचारीहरु एचआइभी/एड्सबाट पीडित भएकाले यसको विश्वव्यापी चित्रण डरलाग्दो भएको बताउंदै सामाजिक तथा आर्थिक सुरक्षा तथा राष्ट्रिय विकासका दृष्टिले समेत यसको नियन्त्रणमा प्रभावकारी योजनासहित अघि बढ्नुपर्ने सुझाव राख्नु भयो ।

उहांले एचआइभी/एड्स सम्बन्धी आइएलओ अभीसन्धी नं १६१ को कार्यान्वयनका लागि रोजगारदाता संगठनहरुको भूमिका महत्वपूर्ण भएको बताउंदै उहांले प्रस्तुत कार्यशाला सरकारद्वारा हालै पारित एचआइभी/एड्स राष्ट्रिय नीतिको कार्यान्वयन तथा उद्योगप्रतिष्ठानहरुमा एचआइभी/एड्सका विरुद्धमा साझा नीति तय गर्नमा समेत प्रस्तुत कार्यशाला महत्वपूर्ण हुने विश्वास प्रकट गर्नु भयो ।

महासंघको रोजगारदाता परिषद्का सभापति एवं पदेन उपाध्यक्ष रविन्द्र श्रेष्ठले एचआइभी/एड्सले समाजको प्रत्येक क्षेत्रलाई गम्भीर असर पार्नेहुंदा महासंघले निरन्तर रुपमा कार्यस्थलमा एचआइभी/एड्स कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो ।

निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघले आर्थिक क्षेत्रलाई मात्र प्राथमिकता नदिई सामाजिक क्षेत्रमा समेत त्यतिकै लागि परेको बताउंदै कार्यस्थलमा एचआइभी/एड्सका विरुद्धमा साझा नीति बनाउने उद्देश्यले आयोजित कार्यक्रम आगामी दिनका लागि महत्वपूर्ण हुने बताउनु भयो । उहांले सरकारद्वारा पारित एचआइभी/एड्स सम्बन्धी राष्ट्रिय नीतिको कार्यान्वयनमा पनि जोड दिनुभयो ।

महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापाले उद्योग व्यवसाय क्षेत्रले एचआइभी/एड्सबाट ठूलो मुल्य चुकाउनु पर्नेहुंदा यस प्रकारको गम्भीर समस्याबाट नेपाली उद्योग व्यवसाय क्षेत्रलाई समयमै सचेत गर्राई यसको नियन्त्रणमा साझा नीति तय गर्न प्रस्तुत कार्यक्रम सफल हुने विश्वास प्रकट गर्नुभयो । उदघाटन कार्यक्रममा महासंघका महानिर्देशक मेघनाथ न्यौपाने सहित उद्योगी व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.