»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















दार्चुलाको आर्थिक विकासका लागि ठोस योजना र कार्यक्रमको आवश्यकता माथि जोड (२०६४।८।२८)


सुदूर पश्चिमको विकट जिल्ला दार्चुलामा प्रचुर सम्भावना भएका पशुपालन, कृषि व्यवसाय, जडिबूटी तथा घरेलु उद्योगको विकास विस्तारको माध्यमबाट त्यहांको आर्थिक सामाजिक उत्थानका साथै गरिवी निवारणका लागि ठोस योजना र कार्यक्रम आवश्यक भएको कुरामा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले दार्चुला उद्योग वाणिज्य संघको १४ औं साधारण सभा एवं नव निर्मित भवनको हालै दार्चुलामा उद्घाटन गर्दै सो कुरामा जोड दिनु भएको हो ।

साथै उहांले सो जिल्लामा सडक लगायत विकासका अन्य पूर्वाधारहरुको विकास विस्तारका साथै त्यहां उपलव्ध श्रोत र साधनको विकास, उत्पादनको समूचित बजार व्यवस्थाका लागि चीनको स्वशासित क्षेत्रसंगको सहज एवं समूचित पहुंच तथा त्यहांको आवश्यकता पूर्तिको सहज व्यवस्था गर्न सरकारी तथा निजी क्षेत्रको सहभागितामा विशेष कार्य योजना बनाई कार्यान्वयन गर्नु पर्ने आवश्यकता औंल्याउनुहुंदै त्यसका लागि महासंघको तर्फबाट सक्दो योगदान हुने बताउनु भयो ।

अध्यक्ष ढकालले देशमा उद्योग व्यवसाय लगायतका आर्थिक सामाजिक अवस्था अत्यन्त संकटपूर्ण स्थितिबाट गुज्रिरहेको उल्लेख गर्नु हुंदै राजनीतिक सहमति, प्रतिबद्धता र दीगो तथा स्थायी शान्ति विना सो संकट समाधान नहुने भएकोले सम्बन्धित सबैले यस तर्फ गम्भीरतापूर्वक सोची कार्य गर्नु पर्नेमा पनि जोड दिनु भयो ।

महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशी र तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले उद्योग व्यवसायको विकासका लागि शान्तिपूर्ण एवं अनुकूल वातावरणको आवश्यकता माथि जोड दिनु हुंदै सदस्य संघहरुको संस्थागत विकास, सचिवालयको सुदृढिकरण र जिल्लामा आर्थिक क्रियाकलाप विस्तारका लागि महासंघले सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो ।

सो अवसरमा महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा, कृषि उद्यम केन्द्रका सभापति कृष्ण प्रसाद ताम्राकार, महाकाली अञ्चल प्रतिनिधि एवं आन्तरिक व्यापार तथा आपूर्ति समितिका सहसभापति माधव प्रसाद भट्ट, विभिन्न राजनीतिक दलका जिल्लास्तरीय नेता तथा स्थानीय प्रमुख जिल्ला अधिकारीले सभाको सफलताको शुभ-कामना व्यक्त गर्नु भयो ।

संघका अध्यक्ष अम्वादत्त पन्तको सभापतित्वमा आयोजित सो समारोहमा सेती र महाकाली अञ्चल भित्रका जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष लगायत वर्तमान तथा पर्ूव पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

समारोहमा संघका महासचिब जगन्नाथ भट्टले भवन निर्माण प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.