नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले देशमा राजनीतिक विकासक्रम अघि बढ्दै गएता पनि शान्ति स्थापना प्रक्रिया अझै टुंगोमा नपुगेकोले यसलाई छिट्टै टुंगोमा पुर्žयाई आर्थिक एजेण्डालाई प्राथमिकता साथ अघि बढाउनु पर्ने र आ-आफ्नो आर्थिक नीति वारे प्रत्येक राजनीतिक दलहरुले संविधान सभा निर्वाचनको घोषणा पत्रबाटै स्पष्ट पार्नु पर्ने कुरामा जोड दिनु भएको छ ।
महोत्तरी उद्योग वाणिज्य संघको ३६ औं वाषिर्क साधारण सभाको हिजो मटिहानीमा उद्घाटन गर्दै उहांले सो कुरामा जोड दिनु भएको हो ।
देशका विभिन्न भागमा दिनहुं जसो भई रहने बन्द, हडताल, चक्का जाम, श्रम विवाद, आर्थिक दवाव, चोरी डकैति, अशान्ति र असुरक्षा जस्ता घटनाले लगानीको वातावरणनै कुण्ठित पारेकोले त्यस्ता गतिविधि सदाका लागि अन्त गरी शान्ति सुरक्षाको प्रत्याभूतिका साथै औद्योगिक व्यवसायिक वातावरण तयार गर्न सरकार एवं राजनीतिक दलहरु दृढतापूर्वक लाग्नु पर्ने र उद्योग व्यवसायको विकासद्वारा रोजगारी पर््रबर्द्धन मार्फत गरिवी निवारणमा सहयोग पुर्žयाउनु पर्ने बताउनुका साथै अध्यक्ष ढकालले देशमा शान्ति सद्भाव कायम राख्न सबै क्ष्ँेत्रबाट निरन्तर प्रयास हुनु पर्ने उल्लेख गर्नु हुंदै विभिन्न जिल्लामा उद्योगी व्यवसायी समूदायद्वारा भएको प्रयासको सराहना गर्नु भयो ।
साथै उहांले महासंघद्वारा अघि बर्ढाईएका एक गाउ एक उत्पादन, इलम प्रशिक्षण केन्द्र, घरेलु तथा लघु उद्यम, महिला र युवा उद्यमशीलता विकास, मानव संसाधन विकास जस्ता कार्यक्रमहरुलाई र्सार्वजनिक-निजी साझेदारीको अवधारणा अनुरुप अझ सशक्त रुपमा अघि बढाउन सहयोग हुनु पर्ने उल्लेख गर्नु भयो ।
महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले आफ्नो जिल्लामा उपलव्ध श्रोत र साधनको अधिकतम उपयोगद्वारा उद्योग व्यवसायको विकास विस्तार मार्फत आर्थिक-सामाजिक विकासमा सहयोग पुर्žयाउन संघहरु अझ बढी क्रियाशील हुनु पर्ने उल्लेख गर्नु हुंदै सम्भाव्य उद्योग व्यवसाय तथा शीप र साधनको पहिचान सहित लगानीको लागि पहल भएको खण्डमा महासंघले त्यसको व्यवस्था मिलाउन सक्ने जानकारी दिनु भयो ।
साथै उहांले उत्पादन र सेवालाई मूल्य तथा गुणस्तर समेतले प्रतिस्पर्धी बनाई लैजान सकेमा मात्र व्यवसायले दीगो रुप लिन सक्ने बताउनु हुंदै सदस्य संघहरुको संस्थागत विकास, सुदृढिकरण र व्यवसाय विकासका लागि महासंघले सक्दो सहयोग गर्दै आएको उल्लेख गर्नु भयो ।
महासंघको घरेलु तथा लघु उद्यम विकास समितिका सभापति एवं जनकपुर अञ्चल प्रतिनिधि डि.बी. बस्नेतले घरेलु तथा लघु उद्यम विकास मार्फत समेत जिल्लाको आर्थिक-सामाजिक विकासका लागि महासंघ प्रयत्नशील रही आएको बताउनु भयो ।
समारोहमा विभिन्न राजनीतिक दलका जिल्ला स्तरीय नेताहरु, प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा निकायका प्रमुखहरु, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुव बहादुर थापा, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष मीन बहादुर श्रेष्ठ, जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष राम कपुर साह लगायतका वक्ताले सो सभाको सफलताको कामना सहित जिल्लाको आर्थिक-सामाजिक विकासमा संघद्वारा पुर्žयाई आएको योगदानको सराहना गर्नु भएको थियो ।
संघका अध्यक्ष विजय कुमार शाहको सभापतित्वमा सो सभा आयोजना गरिएको थियो ।