»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















माग अनुरुप पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज बनाउने व्यवस्था मिलाउन महासंघद्वारा सरकारसंग आग्रह (२०६४/९/३)


दैनिक उपभोग्य एवं विकास निर्माणको क्षेत्रमा समेत अत्यावश्यक बस्तु पेट्रोलियम पदार्थ आवश्यक मूल्य तिरेर पनि नपाउने अवस्थाको विरोधमा नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनको गत मंसीर २८ गते पोखरामा सम्पन्न केन्द्रीय भेलाको निर्णयानुसार आपूर्ति सहजताका लागि १७ बूंदे मागहरु सरकारसंग प्रस्तुत गरी चरणवद्ध रुपमा विभिन्न विरोध कार्यक्रम गर्दै गई पुस १० गते देखि अनिश्चितकालिन रुपमा मुलुकभरका सम्पूर्ण पेट्रोल पम्पहरु बन्द गर्ने घोषणा गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।

समयको गति र आवश्यकता संगै देशमा अधिक रुपमा सवारी साधनको आयात र परिचालन वृद्धि हुंदै गएको, विद्युत लोड सेडिङ्ग बढ्दै गएको तथा विकास निर्माण र कृषि व्यवसायमा समेत इन्धनको खपत बढ्दै गएको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति पर्याप्त हुन नसक्दा विगत वर्षेखि नै र्सवसाधारण जनता देखि लिएर यातायात, ढुवानी, उत्पादन र रोजगारी समेत नराम्ररी प्रभावित हुन पुगेको छ ।

बढ्दो मागका बाबजूद पनि नेपाल आयल निगमले विगत वर्षरुको अनुपातमा ५० प्रतिशतसम्म परिमाणमा आपूर्ति कटौती गर्दा नेपाल सरकारले यसलाई गम्भिरतापूर्वक लिई आवश्यक परिमाणमा पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था मिलाउनु पर्नेमा सो हुन नसक्दा वर्षौदेखि देश र जनतामा पेट्रोलियम पदार्थको हाहाकार बढ्दै जानु अत्यन्त दुःख लाग्दो कुरा हो ।

यस अवस्थामा देशमा पेट्रोलियम पदार्थ आपूर्ति ठप्प हुंदा उत्पन्न हुन सक्ने भयावह स्थितिलाई मध्यननगर राखि उक्त एशोसिएशनद्वारा प्रस्तुत माग प्रति महासंघ ऐक्यवद्धता जनाउंदै उक्त एशोसिएशनका मागहरुलाई शीघ्र वार्ताद्वारा समाधान गर्नुका साथै माग अनुसार पेट्रोलियम पदार्थको सरल, सहज र नियमित आपूर्तिका लागि आवश्यक व्यवस्था मिलाउन महासंघ सरकारसंग जोडदार आग्रह गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.