देशमा बढ्दै गएको अपहरण, हत्या, हिंसा, लुटपाट, चोरी डकैति जस्ता अपराधिक क्रियाकलापप्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ ।
यसै क्रममा प्रतिष्ठित व्यवसायी महेश मुरारकालाई हिजो सांझ आफ्नो गाडिमा यात्रा गरिरहेको अवस्थामा गौशाला क्षेत्रबाट केहि समूहले गाडिबाट जवरजस्ति ओराली अपहरण गरी लगेको र उहांको अवस्था अज्ञात रहेकोमा महासंघ स्तब्ध भएको छ र महासंघ यस्ता कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछ ।
आफ्नो पेशा व्यवसाय गरी आएका व्यक्तिको अपहरण गरिनु मानव अधिकारको घोर उल्लंघन भएकोले व्यवसायी मुरारकाको तत्काल सकुशल रिहाइका लागि सम्बन्धित पक्षसंग आग्रह गर्दै यसका लागि पहल हुन नेपाल सरकार तथा सम्बन्धित निकायसंग महासंघ जोडदार अपिल गर्दछ ।