»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग व्यवसायलाई भयरहित वातावरणमा संचालन गर्न दिन आग्रह (२०६४/९/३)


राजनीतिक अन्यौलता, उद्योगी व्यवसायी माथि निरन्तर आक्रमण, श्रम विवाद, चन्दा अपहरण जस्ता घटनाबाट उद्योग व्यवसाय क्षेत्र नराम्ररी प्रभावित भएकाले भयरहित वातावरणमा उद्योग व्यवसाय गर्न दिनुपर्नेमा जोड दिंदै दाङ उद्योग वाणिज्य संघको सातौ वाषिर्क साधारण सभा हालै दाङमा सम्पन्न भयो ।

अर्थतन्त्रको मेरुदण्ड उद्योग व्यवसाय क्षेत्रले निर्भयका साथ काम गर्न पाए मात्र मुलुकलाई सवै प्रकारका संकटबाट वचाउन सकिने हुंदा यस तर्फराजनीतिक दलहरुको गम्भीर ध्यान जानुपर्ने उद्योगी व्यवसायीहरुको माग थियो । आर्थिक विकासमा निरन्तर अगाडी बढीरहेका छिमेकी देशहरुको अर्थतन्त्रसंग नेपालको यही अवस्था रहने हो र उद्योगधन्दाको विकास तर्फराजनीतिक दलहरुको सामूहिक प्रतिवद्धता नआउने हो भने अर्थतन्त्र गम्भीर दूर्घटनामा पर्ने चेतावनी पनि उद्योगी व्यवसायीहरुको थियो । यसका लागि संविधान सभाको निर्वाचन जतिसक्दो छिटो सम्पन्न गरी मुलुकलाई स्थायी रुपमा निकास दिन पनि उनीहरुले आग्रह गरेका थिए ।

सो सभाको उदघाटन गर्नुहुंदै नेपाल उद्योग वाणिज्य महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले नयां परिस्थितिमा उद्योग व्यवसाय गर्ने वातावरण वन्ला भनेर ढुक्क भएको निजी क्षेत्रमा वर्तमान अन्यौलताबाट थप निराशा पैदा भएको, लगानी गर्ने अवसर नहुंदा रोजगारीका अवसरहरु सांघुरिएकाले युवाहरुमा विदेश पलायनको क्रम तिब्र भएकोमा चिन्ता प्रकट गर्नु भयो ।

आजपनि उद्योग व्यवसाय माथि भएका वारम्वार आक्रमण, चन्दा आतंक, उद्योग व्यवसाय संचालनका लागि अत्यावश्यक पेट्रोलियम पदार्थको अभाव, विद्युत लोड सेडिङ जस्ता समस्याले उद्योग व्यवसाय थला परेकोले अव यसमा सुधार गर्ने तर्फराजनीतिक दलहरुको ध्यान नजाने हो भने कुनै पनि वेला मुलुकमा आर्थिक संकट पैदा हुने दावी गर्नुभयो ।

उद्योग व्यवसाय माथि आक्रमण गर्ने कार्य तत्काल रोक्न महासंघले सरकार लगायत राजनीतिक दलहरुलाई बारम्बार आग्रह गर्दा पनि त्यसमा सुनुवाई नभएको तर्फउहांले चिन्ता प्रकट गर्नुभयो । उहांले स्थानीय उद्योग वाणिज्य संघहरुलाई स्थानीय सम्भाव्यताको खोजी गरी स्थानीय स्रोत, साधन र जनशक्तिमा संचालन गर्न सकिने उद्योग व्यवसाय पहिचान गर्न आग्रह गर्दै महासंघले अघि बढाएको एक गाउं एक उत्पादन र इलम प्रशिक्षण कार्यक्रम, कृषिको व्यवसायीकरण मार्फ त्यसमा सहयोग गर्न सकिने विश्वास समेत दिलाउनु भयो ।

सो अवसरमा संघका तर्फाट स्थानीय सफल उद्योगीहरु दानबहादुर अधिकारी र शान्ता श्रेष्ठलाई प्रशंसापत्र, आर्थिक विकाससंग सम्बन्धित लेख रचना तथा समाचार लेखनका लागि पत्रकार सुदिप गौतमलाई रु. ५,०००/- सहित सम्मानपत्र तथा संघको प्रगतिमा लामो समयदेखि योगदान गर्नुहुने संघका निवर्तमान अध्यक्ष माधवप्रसाद शर्मालाई कदरपत्र र दोसल्ला ओर्ढाई सम्मान गरिएको थियो ।

दाङका प्रमुख जिल्ला अधिकारी तथा उद्योग वाणिज्य संघ वुटवलका महासचिव रोहितराज क्षेत्रीको समेत उपस्थिति र संघका अध्यक्ष ध्रुवराज श्रेष्ठको सभापत्विमा सम्पन्न सो कार्यक्रममा महासचिव मधुसुदन वैद्यले संघले आगामी दिनमा गर्नुपर्ने कार्य तथा खेल्नु पर्ने भूमिकाका साथै मुलुकमा अविलम्व संविधान सभाको निर्वाचन हुनुपर्ने, व्यापार मेलाका लागि स्थानीय घोराही वजारमा र्सार्वजनिक स्थलको व्यवस्था हुनुपर्ने, औद्योगिक क्षेत्रको स्थापना, सिण्डिकेट प्रणालीको खारेजी एवं यातायातको विकास लगायतका प्रस्तावहरु प्रस्तुत गर्नुभएको थियो ।

सो सभाले महासचिव वैद्यले प्रस्तुत गर्नु भएको प्रगति प्रतिवेदन, कोषाध्यक्ष देवीप्रसाद गुप्ताले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन र एम्वुलेन्स संचालन समितिका संयोजक जितबहादुर केसीले प्रस्तुत गर्नु भएको एम्वुलेन्स प्रतिवेदनलाई समेत पारित गर्‍यो । उद्घाटन कार्यक्रममा संघका वाणिज्य उपाध्यक्ष चन्द्रराज पन्तले स्वागत मन्तव्य र उद्योग उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.