आयात निर्यातको आयतन अत्यन्त न्यून रहेको नेपाल र डेनमार्क बीच आर्थिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि प्रवर्द्धन, डेनीस पर्यटक आकर्षण गर्ने कार्यमा आर्थिक कुटनीतिलाई प्रभावकारी माध्यम बनाउनु पर्नेमा जोड दिइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल लगायत महासंघका पदाधिकारी एवं डेनमार्कका लागि नवनियुक्त नेपाली राजदुत विजयकान्त कर्णबीच आज महासंघको सचिवालयमा भएको भेटघाटमा सो कुरामा जोड दिइएको हो ।
आफनो कार्य सम्हाल्न जानुअघि नेपाल र डेनमार्क बीचको आर्थिक सम्बन्ध विस्तारमा के-कस्तो प्रयास दुतावासका तर्फबाट गर्नुपर्ने हो सो सम्बन्धमा निजी क्षेत्रसंग छलफल गर्ने उद्देश्यले आयोजित सो भेटघाटमा करिव ६७ करोड व्यापार घाटा रहेको डेनमार्कसंग उक्त व्यापार घाटालाई कम गर्न नेपालमा डेनीस लगानी तथा प्रविधि आकर्षा गर्ने, नेपालबाट त्यसतर्फनिर्यात गर्न सकिने थप नयां वस्तुहरुको अध्ययन गरी सो वारे नेपाली निर्यात कर्ताहरुलाई सुझाव तथा सल्लाह दिने लगायतका आर्थिक सम्बन्ध विस्तारलाई सहयोग पुर्याउने कार्यक्रममा कुटनीतिक तहबाट पहल हुनुपर्ने सुझाव दिइयो ।
त्यसैगरी नेपालमा लगानी गर्ने सम्बन्धमा डेनीस लगानीकर्ताको भावना वुझ्ने, लगानीको वातावरण तथा यस सम्बन्धमा सरकारी नीति तथा कानूनका वारे त्यहांका लगानीकर्ताहरु माझ पुर्याउने, नेपालमा पर्यटन विकासमा रहेको प्रचुर सम्भावना, विदेशी लगानी आकर्षण गर्ने सम्बन्धमा नेपाली निजी क्षेत्रबाट हुन सक्ने सहयोगका विषयमा पनि राजदुतावासको तर्फाट प्रयास हुनुपर्ने सुझाव सो अवसरमा दिइयो ।
नेपालमा हाल पेय पदार्थ, डिरलिङ, हस्तकला व्यवसाय, कलाकारिता लगायतका क्षेत्रमा डेनिस लगानी तथा सहयोग रहेको छ । जम्मा ५ वटा उद्योगमा संयुक्त लगानी रहेको छ भने त्यसबाट करिव ४ सय जनाले रोजगारी पाएका छन् ।
सो अवसरमा राजदुत कर्णको स्वागत गर्नुहुंदै महासंघका अध्यक्ष चण्डिराज ढकालले नेपालको आर्थिक विकासमा वाह्य लगानी तथा प्रविधि आवश्यक रहेको वास्तविकता प्रकट गर्दै डेनिस लगानी तथा प्रविधि आकर्षाका लागी नेपालका तर्फाट के कस्तो प्रयास आवश्यक छ त्यसमा राजदुतावासका तर्फबाट सहयोग गर्न आग्रह गर्नुभयो । यसका लागि आर्थिक कुटनीति एउटा प्रभावकारी उपाय हुन सक्ने सुझाव पनि दिनुभयो ।
विद्यमान उद्योग व्यवसाय लगायत समग्र आर्थिक अवस्था अत्यन्त नाजुक रहेको परिप्रेक्षमा मुलुकभित्र विदेशी लगानी तथा प्रविधि आकर्षा गर्ने, उपयुक्त लगानीको वातावरण वनाउने कार्यमा सरकारलाई दवाव दिने तर्फनेपाली निजी क्षेत्र निरन्तर रुपमा लागी रहेकोले नेपाल र डेनमार्क बीचको सम्बन्धलाई अगाडी बढाउन महासंघका तर्फाट के कस्तो प्रयास आवश्यक छ त्यसमा राजदुतावास नजिक रहेर कार्य गर्न महासंघ इच्छुक रहेको पनि स्पष्ट पार्नुभयो ।
महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठ, पदेन उपाध्यक्ष रविन्द्र श्रेष्ठ, निर्यात प्रवर्द्धन समितिका सभापति किरण प्रकाश साखः र का.मु. महानिर्देशक मेघनाथ न्यौपानेको पनि सहभागिता रहेको सो भेटमा राजदुत कर्ण दुइ देश बीचको आर्थिक सम्बन्ध विस्तार गर्ने सम्बन्धमा महासंघका तर्फाट प्राप्त सुझावलाई मनन गरी आफूले कार्य गर्ने प्रतिवद्धता जनाउंदै नेपालको आर्थिक, सांस्कृतिक, पर्यटन लगायतका क्षेत्रको प्रवर्द्धनमा आफूले सक्दो कार्य गर्ने विश्वास दिलाउनु भयो । उहांले यसका लागि आफूले महासंघसंग निरन्तर सर्म्पर्कमा रहेर कार्य गर्ने विश्वास दिलाउंदै यस क्रममा महासंघबाट निरन्तर सहयोग प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो ।
एक तथ्यांक अनुसार नेपालबाट डेनमार्क तर्फपश्मिना, ऊनी तथा तयारी पोशाक, हस्तकलाका सामान, विद्युतीय सामानहरु, पुष्प तथा फूलका वेर्ना आदि वस्तुहरु मुख्य रुपमा निर्यात हुने गरेको छ भने त्यांहाबाट औषधिजन्य उत्पादनहरु, हवाई उपकरणहरु, मेशीनरी उपकरणहरु, साउण्ड सिष्टमहरु, तयारी मासु, डेरी तथा डेरी प्रोडक्टस, तेलजन्य उत्पादनहरु आयात हुने गरेको छ । सन् २००७ को प्रथम एघार महिनामा २ हजार ५२७ जना डेनीस पर्यटकहरु हवाई मार्ग हुंदै नेपाल भ्रमणमा आएका छन् ।