नेपाल उद्योग वाणिज्य महासंघ द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले मुलुकको अर्थतन्त्रको प्रमुख मेरुदण्ड उद्योग वाणिज्य क्षेत्र भएकोले यस क्षेत्रको समुचित विकास विना मुलुकको विकास संभव नहुने बताउनु भएको छ ।
तेह्रथुम उद्योग वाणिज्य संघको ११ औं वाषिर्क साधारण सभाको उद्घाटन तथा नयां निर्माण हुने सचिवालय भवनको गत वुधवार म्याङ्गलुङ्ग बजारमा शिलान्यास गर्नु हुंदै उपाध्यक्ष जोशीले सो कुरा बताउनु भएको हो ।
साथै आजको विश्वव्यापिकरण एवं क्षेत्रीय स्वतन्त्र व्यापार अवधारणाको पर्रिप्रेक्ष्यमा उत्पादन र सेवालाई प्रतिस्पर्धि नबनाई औद्योगिक व्यवसायिक विकास हुन नसक्ने र यसका लागि अनुकूल वातावरण, नीतिगत एवं प्रक्रियागत सरलता र प्रोत्साहनदायी कदमहरु आवश्यकता पर्ने उल्लेख गर्नु हुंदै र्सवप्रथम देशमा दीगो तथा स्थायी शान्ति स्थापनाका साथै सुरक्षाको प्रत्याभूति हुनु पर्नेमा जोड दिनु भयो । उहांले सात दल बीच हालै सम्पन्न २३ बुदें सहमति एवं निर्णय समयवद्ध रुपमा अक्षरसः कार्यान्वयन गरी शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सम्बन्धित सबै पक्ष इमान्दार भई कार्य गर्नु पर्ने धारणा पनि व्यक्त गर्नु भयो ।
यसैगरी उहांले सदस्य संघहरुको संस्थागत विकास एवं सचिवालयको सुदृढीकरणका साथै जिल्लाको संभाव्य औद्योगिक व्यवसायिक विकासका लागि महासंघले सक्दो सहयोग गर्दै आएको र यसमा अझ प्रभावकारिता ल्याउन महासंघ लागि परेको उल्लेख गर्नु हुंदै जिल्लाका समस्या बारे तत्काल महासंघलाई जानकारी गराउन पनि उहांले आव्हान गर्नु भयो ।
महासंघको स्थायी आर्थिक विकास समितिका सभापति किशोर कुमार प्रधानले स्थानीय आर्थिक विकास मार्फ रोजगारी प्रवर्द्धन र गरिबी निवारणमा सघाउन जिल्ला उवासंघहरुले स्थानीय निकाय एवं नागरिक समाज समेतको सहभागितामा र्सार्वजनिक-निजी साझेदारी अवधारणा अनुरुप कार्यक्रमहरु कार्यान्वयन गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
पर्ूवाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र गोल्छा, मोरङ्ग व्यापार संघका कार्यवाहक अध्यक्ष महेश कुमार जाजु, उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष अशोक अग्रवाल, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष सुकदेव महेता, धनुकटा उद्योग वाणिज्य संघका अध्यक्ष लालचन्द्र गोङ्गहवा, प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मी लगायतका वक्ताले आर्थिक विकासमा उद्योग वाणिज्य संघको भूमिका र यस क्षेत्रका समस्या बारे प्रकास पार्नु भएको थियो ।
संघका अध्यक्ष सभा पौडेलको सभापतित्वमा आयोजित उक्त समारोह उपाध्यक्ष नरेश ढुंगानाले संचालन गर्नु भएको थियो भने प्रगति प्रतिवेदन सचिव महेन्द्र प्रसाद काफ्ले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रुपेश श्रेष्ठले पेश गर्नु भएको थियो ।
कूल ३० लाख ३४ हजार रुपैयांको लागतमा निर्माण हुने तीन तले सात कोठे संघको उक्त भवन निर्माणका लागि शिलान्यास समारोहमा विभिन्न संघ/संस्था एवं महानुभावहरुबाट ४ लाख २७ हजार ९०८ रुपैयां सहयोग प्रदान गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।