नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको उत्थानमा मेला महोत्सवले ठूलो टेवा पुर्याएको महशुस निजी क्षेत्रले गरेकाले यसलाई आयोजनालाई महासंघले विशेष प्राथमिकताका साथ अघि बढाएको बताउनु भएको छ ।
यही माघ ११ देखि २० गतेसम्म नेपालगंजमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार, एचडव्लूके माइन्ज जर्मनी र नेपालगंज उद्योग वाणिज्य संघद्वारा संयुक्त रुपमा आयोजना गरिने राष्ट्रिय औद्योगिक व्यापार मेला एवं वांके महोत्सव-२०६४ का विषयमा जानकारी दिन आज महासंघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई संवोधोन गर्नुहुंदै अध्यक्ष ढकालले सो कुरा वताउनु भएको हो ।
मध्य तथा सुदुरपश्चिमको आर्थिक, व्यापारिक, पर्यटन, कृषि विकासमा सहयोग पुर्याउन दर्ीघकालिन प्याकेज सहितको कार्यक्रम अघि बढाउने सोच निजी क्षेत्रले अघि बढाएको बताउंदै उहांले उक्त सोचलाई साकार रुप दिन हालैका दिनमा यस क्षेत्रमा आयोजना भएका मेला महोत्सवले विशेष सहयोग पुर्याउने दावी पनि गर्नुभयो ।
कृषि उद्योगको पर््रवर्द्धन र नेपाली कृषि उत्पादनलाई भारतीय वजारमा सहज प्रवेश गराउने क्रममा क्वारेन्टाइन लगायतमा आइपरेका समस्या समाधानमा महासंघले भारतीय सरकारसंग विभिन्न समयमा भेटघाट तथा छलफल गरी ती उत्पादनहरुको सहज प्रवेशको थप व्यवस्था गरेको जानकारी गराउंदै निजी क्षेत्रले आफनो स्वार्थको लागि भन्दा पनि आम नागरिकको आर्थिक जीवनस्तर सुधारमा विशेष रुपमा लागि परेको बताउनु भयो । जस्तै असहज अवस्थामा पनि निजी क्षेत्रले मुलुकभित्र आर्थिक गतिविधिहरु सुचारु गर्ने कार्यमा निरन्तरता दिएको वताउंदै निजी क्षेत्र अहिले सवैभन्दा नराम्ररी सताइएको र निजी क्षेत्रका आवाजलाई सुन्ने तर्फराज्य मुकदर्शक भएको बताउनु भयो । उहांले निजी क्षेत्रको महत्व दिनप्रति दिन बढ्रदै गएको पनि जानकारी गराउनु भयो।
महासंघको मेला तथा प्रदर्शनी समितिका सभापति एजी शर्ेपाले बांके महोत्सवले मध्यपश्चिम लगायत मुलुककै आर्थिक, सामाजिक, पर्यटन, कृषि क्षेत्रको उत्थानमा सहयोग पुर्याउनुको साथै औद्योगिक विकास, उत्पादित वस्तुको वजार पर््रवर्द्धन र गुणस्तर सुधारमा समेत सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
महासंघका भेरी अंचल प्रतिनिधि एवं र्सार्क व्यापार तथा विमस्टेक समितिका सभापति कुमुदकुमार दुगडले सरकारले कृषि उद्योग र कृषि व्यवसायलाई प्रोत्साहन दिने नीति ल्याउनुपर्नेमा जोडदिंदै मेला महोत्सवमा पनि राष्ट्रिय उद्योगहरुलाई प्रतिस्पर्धी बनाउने विषयमा व्यापक छलफल तथा परामर्श गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा महोत्सवका वारे विस्तृत जानकारी दिंदै नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष दामोदर आचार्यले राष्ट्रिय औद्योगिक व्यापार मेलाले मुलुकको कृषि, पर्यटन, उद्योग व्यवसायको विकासमा ठूलो सहयोग पुर्याउने दावी गर्नु भयो ।
पत्रकार सम्मेलनमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका मुख्य अधिकृत वद्री वहादुर कार्की, नेपालगंज उवासंघका उपमहासचिव प्रदिपकुमार गुप्ता, मेला प्रचार उपसमितिका संयोजक एवं संघका प्रवक्ता कपिल अधिकारी लगायतले महोत्सवका महत्व वारे जानकारी गराउनु भएको थियो ।