»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















मुलुक भित्र उद्योग व्यवसाय गर्ने वातावरण बनाउन सरकारसंग आग्रह (२०६४/१०/४)


उद्योगी व्यवसायीहरुले मुलुकमा तत्काल अपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित र अनुकुल औद्योगिक व्यवसायीक वातावरण बनाउन सरकारसंग आग्रह गरेका छन् । यसका लागि बढ्दो असुरक्षाप्रति सरकार संवेदनशील भई उद्योगी व्यवसायी र उद्योग व्यवसाय माथि निरन्तर भैरहेका आक्रमण, अपहरण, चन्दा आतंक तथा चोरी डकैती जस्ता आपराधिक क्रियाकलापहरुलाई तत्काल नियन्त्रण गर्नुपर्ने व्यवसायीहरुले सुझाव दिएका छन् ।

उद्योग वाणिज्य संघ इनरुवाको हालै सम्पन्न १३ औं वाषिर्क साधारण सभाका सहभागी उद्यमी व्यवसायीहरुले तर्राईमा हाल उत्पन्न असहज अवस्थाबाट उद्योग व्यवसाय क्षेत्रपनि संकटमा पर्नुका साथै आम जनताको शान्ति पूर्वक जीवनयापन गर्न पाउने अधिकार कुंठित भएको तर्फध्यानाकर्षा गराउंदै तराईको समस्या तत्काल समाधान गर्न पनि व्यवसायीहरुले आग्रह गरे ।

सो सभाको उद्घाटन गर्नुहुंदै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका प्रथम उपाध्यक्ष दिवाकर गोल्छाले सुरक्षाको प्रत्याभुति सहित उद्योग व्यवसाय गर्ने वातावरण बनाउने प्रमुख जिम्मेवारी सरकारको भएकोले शान्ति सुरक्षाको लागि निजी क्षेत्रले गरेको आग्रहलाई गम्भीरतापूर्वक लिन अनुरोध गर्नुभयो ।

उपाध्यक्ष गोल्छाले एकातिर व्याप्त असुरक्षा र अर्कोतिर दैनिक विद्युत लोड सेडिङको चर्कोमारबाट उद्योग व्यवसाय उठ्नै नसक्ने गरी थलिएका र मुलुकको आर्थिक अवस्था दिनानुदिन विग्रंदै गएको तर्फसचेत रही आर्थिक विकासमा निजी क्षेत्रले दिएका सुझावहरुलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि एवं महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले राजनीतिक स्थायीत्वका लागि पनि मुलुकभित्र आर्थिक विकास अनिवार्य भएकोले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था सहित आर्थिक विकासका कार्यक्रमहरु तीव्रतर रुपमा ल्याउन सरकारसंग आग्रह गर्दै निजी क्षेत्र यसमा सहयोग गर्न तयार रहेको वताउनु भयो । अपराधिक क्रियाकलाप नियन्त्रणका लागि सुरक्षा निकायको मनोवल उच्च बनाउनु पर्ने उल्लेख गर्नुहुंदै उहांले राजधानीमा अपराधिक क्रियाकलापमा संलग्न केहिलाई पक्राउ गर्न सफल भएकोमा सुरक्षा निकायको सराहना पनि गर्नुभयो ।

कार्यक्रमका अतिथि एवं महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले स्थानीय आर्थिक विकासका लागि अघि बढाइएका एक गाउं एक उत्पादन तथा इलम प्रशिक्षण कार्यक्रमहरुलाई विस्तार गरी यसको प्रतिफल सवै क्षेत्रमा पुर्‍याउने प्रयासमा महासंघ रहेको र यसलाई सफल पार्न सदस्य संघहरुको सहयोग महत्वपूर्ण रहेको बताउनु भयो ।

महासंघको स्थानीय आर्थिक विकास समितिका सभापति किशोर प्रधान, पूर्वाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र गोल्छा, उद्योग संगठन मोरङका अध्यक्ष अशोक मुरारका, उवासंघ सुनसरीका अध्यक्ष अशोक ताम्राकार र तेह्रथुम उवासंघका अध्यक्ष सभा पौडेल लगायतका वक्ताले शुभकामना मन्तव्य दिनु भएको थियो । संघका अध्यक्ष सुकदेव मेहताको सभापतित्व एवं स्वागत मन्तव्य र उपाध्यक्ष कैलास पंचरियाले धन्यवाद मन्तव्य दिनु भएको सो अवसरमा संघको नयां भवन निर्माणका लागि विभिन्न संघ/संस्था एवं महानुभावहरुबाट गरि रु. २ लाख ७५ हजार प्रदान गर्ने प्रतिवद्धता व्यक्त भई केही रकम प्राप्त समेत भएको थियो । साथै सो साधारण सभाले उद्योग संगठन मोरङ्ग र उवासंघ इनरुवा बीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्बन्धमा महत्वपूर्ण प्रस्ताव अनुमोदन गरेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.