»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा नेपालगंजका व्यवसायी रौनियारको तत्काल शकुसल रिहाइको अपिल (२०६४/१०/६)


नेपालगञ्ज उद्योग वाणिज्य संघको सदस्य दमयन्ती डिस्टिव्यूर्टसका संचालक एवं व्यवसायी ललित रौनियारलाई हिजो शनिवार जनतान्त्रिक तराई मुक्ति मोर्चा (ज्वाला) का कार्यकर्ताले अपहरण गरी लगेको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्ता व्यक्त गर्दै यस्ता कार्यको घोर निन्दा एवं भर्त्सना गर्दछ ।

उद्यमी व्यवसायीमाथि बढ्दो आक्रमणको निरन्तर निन्दा एवं त्यस्ता कार्यको नियन्त्रणका लागि नेपाल सरकारसंग वारम्वार आग्रह गर्दा पनि त्यस्ता कार्य नियन्त्रण हुनुको वदला झन मौलाएर जांदा निजी क्षेत्र थप चिन्तित भएको छ ।

आफ्नो पेशा व्यवसाय गरी आएका व्यक्तिको अपहरण गरिनु मानव अधिकारको घोर उल्लंघन भएकोले व्यवसायी रौनियारको तत्काल सकुशल रिहाइका लागि सम्बन्धित पक्षसंग आग्रह गर्दै यसका लागि पहल हुन नेपाल सरकार तथा सम्बन्धित निकायसंग महासंघ जोडदार अपिल समेत गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.