नेपाल उद्योग वाणिज्य महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको उत्थानमा मेला महोत्सवले ठूलो टेवा पुर्याएको महशुस निजी क्षेत्रले गरेकाले मेला/महोत्सवको आयोजनालाई महासंघले विशेष प्राथमिकताका साथ अघि बढाएको बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग विकास कोषको आयोजना र जीटीजेड/सेक्वा/यूडीएल/डेड नेपाल लगायत विभिन्न संघ संस्थाको सहयोगमा यही माघ १८ देखि २७ गतेसम्म कांश्की लेखनाथमा आयोजना हुने चौथो लेखनाथ महोत्सव २०६४ का विषयमा जानकारी दिन आज महासंघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै उपाध्यक्ष श्रेष्ठले सो कुरा बताउनु भएको हो ।
पोखरा र लेखनाथ लगायत समग्र कांश्की जिल्लाकै आर्थिक, व्यापारिक, पर्यटन, व्यवसायिक कृषि विकासमा सहयोग पुर्याउन उद्देश्यले आयोजना गरिएको उक्त महोत्सवबाट कांश्की जिल्लाको समग्र विकासमा सहयोग पुग्ने दावी उहांले गर्नुभयो । उक्त महोत्सवबाट स्थानीय लोक संस्कृति तथा कलाको संरक्षण र संवर्द्धनमा पनि मद्दत पुग्ने उहांले बताउनु भयो । विगताका महोत्सवबाट स्थानीय आर्थिक विकासमा ठूलो सहयोग पुगेको पनि उहांले जानकारी गराउनु भयो ।
जस्तै असहज अवस्थामा पनि निजी क्षेत्रले मुलुकभित्र आर्थिक गतिविधिहरु सुचारु गर्ने कार्यमा निरन्तरता दिएको बताउंदै निजी क्षेत्र अहिले सवैभन्दा नराम्ररी सताइएको र निजी क्षेत्रका आवाजलाई सुन्ने तर्फराज्यले वेवास्ता गरिएको बताउनु भयो । उहांले निजी क्षेत्रको महत्व दिनप्रति दिन बढ्रदै गएको पनि जानकारी गराउनु भयो।
महासंघका गण्डकी अंचलप्रतिनिधि एवं लेखनाथ उवासंघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले महोत्सव वारे जानकारी दिंदै कांश्की जिल्ला लगायत मुलुककै आर्थिक, सामाजिक, पर्यटन, कृषि क्षेत्रको उत्थानमा सहयोग पुर्याउनुको साथै औद्योगिक विकास, उत्पादित वस्तुको वजार प्रवर्द्धन र गुणस्तर सुधारमा समेत सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहांले महोत्सवको सफलताका लागि संचार माध्यमको सहयोग आवश्यक रहेको पनि बताउनु भयो ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एवं लेखनाथ महोत्सव मूलसंयोजक बाबुराम जमरकट्टेलले प्रत्येक वर्षसफलतापूर्वक आयोजना गरिदै आएको यस वर्षो महोत्सवले वृहत पोखराको अवधारणालाई अंगाली पोखरा उपत्यका भित्र आन्तरिक एवं वाहय पर्यटन प्रवर्द्धन गर्ने, स्थानीय उद्योग व्यवसायको प्रवर्द्धन गर्ने, लगानीका अवसर सृजना गर्ने कार्यमा सफलता मिल्ने दावी गर्नुभयो । उहांका अनुसार ३०० भन्दा बढी स्टलको सहभागिताका साथै महोत्सवमा करिव ३ लाख भन्दा बढी आगन्तुकहरुले अवलोकन गर्ने र करिव ८ करोड भन्दा बढीको आर्थिक कारोवार हुने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा जीटीजेड/सेक्वाका आवासीय प्रतिनिधि हरिहर सुवेदीले सुन्तला महोत्सवबाट थालनी भएको लेखनाथ महेत्सवले आज व्यापकता पाएको उल्लेख गर्नुहुंदै मेला महोत्सवबाट स्थानीय तथा राष्ट्रिय आर्थिक गतिविधि विस्तार एवं जनताको जीवनस्तर सुधारमा समेत मद्दत पुग्ने बताउनु भयो । सो अवसरमा लेखनाथ नगरपालिकाका कानून अधिकृत राममणी अधिकारी र लेखनाथ उवासंघका महासचिव लक्ष्मीप्रसाद त्रिपाठी लगायतको उपस्थिति थियो ।