नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले राष्ट्रिय, क्षेत्रीय र जिल्लास्तरमा आयोजना भएका विभिन्न मेला महोत्सवले स्थानीय क्षेत्रको आर्थिक विकास, स्थानीय जनताको जीवनस्तरमा सुधारमा समेत ठूलो टेवा पुर्žयाएको महशुस निजी क्षेत्रले गरेकाले मेला/महोत्सवको आयोजनालाई महासंघले विशेष प्राथमिकताका साथ अघि बढाएको बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको सदस्य धादिङ उद्योग वाणिज्य संघ आयोजना र जिल्ला विकास समिति धादिङको सह-आयोजना, नेउवामहासंघ, जिटिजेड, पीएसपी/सेक्वा, लघु घरेलु तथा साना उद्योग विकास कोषको सहयोगमा यही माघ २१ देखि २७ गतेसम्म धादिङको धादिङ वेशीमा आयोजना हुने पहिलो धादिङ महोत्सव-२०६४ का विषयमा जानकारी दिन आज महासंघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनलाई संवोधन गर्नुहुंदै उपाध्यक्ष जोशीले सो कुरा बताउनु भएको हो ।
जिल्लाको समग्र आर्थिक सामाजिक, सांस्कृतिक विकास तथा कृषिको औद्योगिकरण र पर्यटन विकास गर्न दीर्घकालिन रुपमा जिल्ला भित्र उत्पादित वस्तुहरुको बजार विस्तार तथा प्रचार प्रसार गर्ने र दर्शक, पर्यटक, क्रेता विक्रेताहरु बीच सुमधुर जमघट गराउने मुख्य लक्ष्यका साथ आयोजना गर्न लागिएको उक्त महोत्सवबाट धादिङ जिल्लाको समग्र विकासमा सहयोग पुग्ने दावी उहांले गर्नुभयो । उक्त महोत्सवबाट स्थानीय लोक संस्कृति तथा कलाको संरक्षण र संवर्द्धनमा पनि मद्दत पुग्ने उहांले बताउनु भयो । जिल्लाको सबै सम्भावनाका लागि महोत्सव "शो केस" हुने पनि उहांले बताउनु भयो ।
जस्तै असहज अवस्थामा पनि निजी क्षेत्रले मुलुकभित्र आर्थिक गतिविधिहरु सुचारु गर्ने कार्यमा निरन्तरता दिएको स्पष्ट पार्दै उहांले निजी क्षेत्रको महत्व दिनप्रति दिन बढ्रदै गएको जानकारी गराउनु भयो ।
महासंघको महाकाली अंचलप्रतिनिधि माधवप्रसाद भट्टको पनि उपस्थिति रहेको सो कार्यक्रममा मेला तथा प्रदर्शनी समितिका सभापति एजी शेर्पाले धादिङमा पहिलो पटक आयोजना गर्न लागिएको महोत्सवबाट जिल्लाको आर्थिक, सामाजिक, पर्यटन, कृषि क्षेत्रको उत्थानमा सहयोग पुग्नुको साथै औद्योगिक विकास, उत्पादित वस्तुको वजार पर््रवर्द्धन र गुणस्तर सुधारमा समेत सहयोग पुर्žयाउने विश्वास व्यक्त गर्नुभयो ।
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं धादिङ महोत्सव-२०६४ का संयोजक ध्रुवबहादुर थापाले महोत्सवले स्थानीय उद्योग व्यवसायको प्रवर्द्धन गर्ने, नयां सम्भाव्यताको खोजी गर्ने कार्यमा सफलता मिल्ने दावी गर्नुभयो । उहांका अनुसार १५० भन्दा बढी स्टलको सहभागिताका साथै महोत्सवमा करिव १ लाख भन्दा बढी आगन्तुकहरुले अवलोकन गर्ने र करिव २ करोड भन्दा बढीको आर्थिक कारोवार हुने जानकारी दिनुभयो । संघका सदस्य शान्तविक्रम वानियांले धन्यवाद मन्तव्य दिनु भएको थियो ।