»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघद्वारा व्यवसायी साहको हत्याको घोर भत्सना (२०६४/१०/२०)


बारा कलैयाका स्थानीय व्यवसायी श्रवणकुमार साहलाई अज्ञात समूहद्वारा गत विहिवार गोली हानी हत्या गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित भएको छ । महासंघ यस्ता कायरतापूर्ण कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ ।

निजी क्षेत्रले निरन्तर रुपमा उठाउंदै आएको शान्ति सुरक्षाको गंभीर मुद्दालाई वेवास्ता गरिंदा यस्ता घटनाहरु वारंवार दोहोरिने गरेको ठहर महासंघको छ । उद्योग व्यवसाय संचालन गरी मुलुकका लागि सेवा दिइरहेको वर्गमाथि बारम्वार हुने यस प्रकारका जघन्य आक्रमणबाट निजी क्षेत्र थप त्रसित हुन पुगेको छ । यस्ता घटनाहरु पुनः दोहोरिन नदिने तर्फसरकारको गंभीर ध्यानाकर्षा गराउंदै घटनामा संलग्न दोषीहरु उपर तत्काल कडाभन्दा कडा कारवाही गरी शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिन जोडदार माग गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन महासंघ सरकारसंग जोडदार माग गर्दछ ।

साथै स्वर्गीय साहको आत्माको चिर शान्तिको कामना सहित शोक सन्तप्त परिवारप्रति महासंघ हार्दिक समवेदना प्रकट गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.