»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघद्वारा कार्यकारिणी समिति सदस्य खोसींको निधनमा शोक प्रस्ताव पारित (२०६४/१०/२२)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष श्री चण्डिराज ढकालको सभापतित्वमा महासंघको सचिवालयमा आज आयोजित शोक सभाले महासंघको इलम तथा शीप विकास फोरमका सभापति एवं कार्यकारिणी समितिका सदस्य श्री केदारलाल खोसींको ४७ वर्षो अल्पायुमानै असामयिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्‍यो ।

यस दुःखद घडीमा शोक सभाले महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट स्वर्गिय खोसींको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना गर्दै एक मिनेट मौन धारण समेत गर्‍यो ।

वि.सं. २०१७ सालमा ललितपुरको मंगलबजार भीमसेनस्थानमा जन्मनु भएका श्री खोसीं जनआन्दोलन-२ को क्रममा प्रहरीले प्रहार गरेको अश्रुग्यांसको असरले आफनै घरको छतबाट खसेर गम्भीर घाइते भई झण्डै दुई वर्षेखि कोमामा हुनुहुन्थ्यो र उपचारकै क्रममा वी एण्ड वी अस्पताल ललितपुरमा उहांको हिजो माघ २१ गते सोमवार निधन भएको हो । उहांको हिजै शंखमुलमा दाहसंस्कार गरियो । स्वर्गिय खोसींका श्रीमती र दुई छोराहरु हुनुहुन्छ ।

उहांले वि.सं. २०६०-६२ मा कार्यकारिणी समिति सदस्य एवं वागमती अञ्चल प्रतिनिधि र वि.सं. २०६२-२०६४ मा कार्यकारिणी समिति सदस्य एवं महासंघको इलम तथा शीप विकास फोरम सभापतिको हैसियतले महासंघलाई पुर्‍याउनु भएको योगदानलाई महासंघले निरन्तर सम्झी रहनेछ । वि.सं. २०५५ देखि २०५९ सालसम्म ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षको हैसियतमा रहेर चेम्बर अभियानलाई अघि बढाउन महत्वपूर्ण योगदान दिनु भएको थियो । उहांको योगदानलाई नेपाली निजी क्षेत्रले उच्च मूल्यांकन गरेको र उहांको निधनबाट महासंघ लगायत निजी क्षेत्रलाई अपुरणीय क्षति पुग्न गएको छ ।

अत्यन्त मिलनसार, इमान्दार, विवेकशिल, कर्तव्यनिष्ठ र स्पष्ट वक्ता श्री खोसींको निधनबाट राष्ट्रले एक यूवा उद्यमी गुमाउनु परेको छ ।

सो सभामा महासंघका पदाधिकारी, पूर्व अध्यक्षहरु, कार्यकारिणी समितिका सदस्य, उद्योगी व्यवसायीहरु एवं महासंघ सचिवालयका कार्मचारीको उपस्थिति रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.