»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग व्यवसाय गर्ने वातावरण बनाउन आग्रह (२०६४/१०/२७)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले त्रियुगा उद्योग वाणिज्य संघको नयाँ बन्ने भवनको हालै उदयपुरको गाईघाटमा शिलान्यास गर्नुहुंदै मुलुकबाट सबै प्रकारका अस्थिरताको अन्त्य गरी उद्योग व्यवसाय गर्ने वातावरण बनाउन सरकारसंग आग्रह गर्नुभएको छ ।

अर्थतन्त्रको मेरुदण्ड उद्योग व्यवसाय क्षेत्रले निर्भयका साथ काम गर्न पाए मात्र मुलुकलाई सबै प्रकारका संकटबाट बचाउन सकिने हुंदा यस तर्फराजनीतिक दलहरुको गम्भीर ध्यान जान पनि अध्यक्ष ढकालले आग्रह गर्नु भयो । संविधान सभाको निर्वाचन निर्धारित समयमै सम्पन्न गर्न जोंड दिंदै राजनीतिक दलहरुको घोषणापत्रमा आर्थिक विकासको प्रतिवद्धता आउनु पर्नेमा जोड दिनुभयो ।

वर्तमान अन्यौलताबाट थप निराशा पैदा भएको, लगानी गर्ने अवसर नहुंदा रोजगारीका अवसरहरु सांघुरिएकाले युवाहरुमा विदेश पलायनको क्रम तिब्र भएको, विद्युत लोडसेडिङबाट उद्योगहरुको उत्पादनमा ठूलो कटौती हुन थालेको र कतिपय उद्योगहरु बन्द हुने क्रम तीव्र भएकाले वर्तमान कहालीलाग्दो अवस्थाबाट मुलुकलाई पार लगाउन राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभयो ।

उहाँले स्थानीय उद्योग वाणिज्य संघहरुलाई स्थानीय सम्भाव्यताको खोजी गरी स्थानीय स्रोत, साधन र जनशक्तिमा आधारित उद्योग व्यवसायको पहिचान गर्न आग्रह गर्दै महासंघले अघि बढाएका सबै कार्यक्रमहरु मार्फत सदस्य संघहरुलाई सशक्त पार्दै लगिने योजना रहेको विश्वास समेत दिलाउनु भयो । संघको नयाँ भवन निर्माण कार्य सम्पन्न भएपछि संघका गतिविधिलाई प्रभावकारी रुपमा अघि बढाउन सहयोग पुग्ने विश्वास प्रकट गर्दै जिल्लाको आर्थिक व्यवसायिक विकासमा सक्रियताका साथ लाग्न उवासंघहरुलाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा महासंघका समिति सभापतिहरु डी.वी. वस्नेत र लोक विक्रम थापाले स्थानीय आर्थिक विकासका सम्भाव्यताहरुको खोजी गरी उद्योग व्यवसायहरु संचालन गर्ने कार्यमा उवासंघहरुले पहल गर्नुपर्नेमा जोड दिंदै महासंघले अगाडी ल्याएका कार्यक्रमहरुमा सदस्य संघहरुको सक्रिय सहभागिता रहने बताउनु भयो ।

कार्यक्रममा लहान उवासंघका अध्यक्ष निरस चौधरी, जलेश्वर उवासंघका अध्यक्ष राजु साह र रौतहट उवासंघका अध्यक्ष देवप्रयाग गुप्ताले शुभकामना मन्तव्य दिंदै स्थानीय क्षेत्रको आर्थिक व्यवसायीक विकासमा उवासंघहरुले हासिल गरेका अनुभव आदान प्रदान गरी अघि बढ्नु पर्ने बताउनु भयो ।

सभापतिको आशनबाट संघका अध्यक्ष सूर्यनारायण साहले महासंघ लगायत अन्य संघहरुको सहयोग प्राप्त भएमा निर्माण कार्य छिट्टै सम्पन्न हुने बताउनु भयो । कार्यक्रममा संघका महासचिव गोपाल श्रेष्ठ र सचिव कृष्णकुमार भण्डारीले पनि मन्तव्य राख्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.