»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेउवामहासंघ र शिक्षार्थी सैनिक अधिकृत बीच मुलुकको अर्थतन्त्र र उद्योग व्यवसायका सम्बन्धमा अन्तरक्रिया (२०६४।११।२)


नेपाली निजी क्षेत्र उद्योग व्यवसायको सुरक्षा लगायत विकास निर्माणका कार्यहरु मिल्नेहदसम्म साझेदारीको अवधारणा अनुरुप अघि बढाउन तयार रहेको बताइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीका शिक्षार्थी सैनिक अधिकृतहरु बीच आज महासंघको सचिवालयमा आयोजित "उद्योग व्यवसायको वर्तमान अवस्था र यस क्षेत्रको विकास तथा पर््रवर्द्धनमा महासंघको भूमिका" विषयक अन्तरक्रिया कार्यक्रममा सो कुरा बताइएको हो ।

विकासको परिपाटी, उद्योग व्यवसायको संचालनमा फेरवदल भए जस्तै सरकारी निकायहरुको सेवा र सोचमा पनि पहिलेभन्दा धेरै फरक भएको पृष्ठभूमिमा नेपाली सेना जस्तो मुलुकको महत्वपूर्ण संस्थाको भूमिका पनि आर्थिक विकासको सर्न्दर्भमा अरु गहन भएको बताइएको छ ।

द्वन्दका साथै नीतिगत एवं प्रक्रियागत कारण समेत नेपाली उद्योग व्यवसाय ह्रासोन्मुख अवस्थामा पुगेको, हजारौ उद्योग व्यवसाय बन्द भएका र यसबाट वेरोजगारी बढ्दै गएको तथा यसबाट लाखौ यूवा विदेशीने क्रम जारी रहेको र द्वन्दलाई बढाउन समेत वेरोजगारी समस्याले ठूलो बल पुर्ΕΎयाएको धारणा सो अवसरमा व्यक्त गरियो ।

उक्त कार्यक्रमको प्रारम्भमा नेपाली सेनाका अधिकृतहरुलाई स्वागत गर्नुहुदै महासंघका कामु महानिर्देशक मेघनाथ न्यौपानेले सेना र निजी क्षेत्र बीचको यस प्रकारको अन्तरक्रियाबाट आपसी विश्वास र सम्बन्ध सुदृढ हुन जाने बताउनु भयो ।

नेपालको आर्थिक वस्तुस्थिति एवं महासंघका गतिविधिसंग नजिकबाट जानकारी आदान प्रदान गर्न अनुकुल वनाउने यस प्रकारका कार्यक्रमबाट देशको विकास निर्माणका कार्यक्रममा अझ बढी सघाउन र अर्थतन्त्र लगायत उद्योग वाणिज्य क्षेत्र र राष्ट्रिय आर्थिक सामाजिक विकासमा यस क्षेत्रको योगदान सम्बन्धमा जानकारी हासिल गर्नुका साथै मुलुकको शान्ति सुरक्षाको निश्चितता मिलाउन समेत सेनाका अधिकृतहरुलाई अवसर मिल्ने बताउनु भयो । सो अवसरमा महानिर्देशक न्यौपानेले महासंघ र तथा यसको भूमिका वारे विस्तृत प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रममा महासंघका वरिष्ठ परामर्शदाता गोविन्द देव पाण्डेले नेपालको वर्तमान अर्थतन्त्र र उद्योग व्यवसायको अवस्थाको वारे प्रस्तुतीकरण गर्नुहुंदै राजनीतिक अस्थिरता, विगतको द्वन्द, लोडसेडिङ, श्रम अस्थिरता, बन्द हड्ताल जस्ता गतिविधिले मुलुकको अर्थतन्त्रमा ठूलो ह्रास आएको र यसबाट उद्योग व्यवसाय क्षेत्र नराम्री पिडीत हुन पुगेको बताउनु भयो । साथै उहांले जस्तो सुकै अवस्थामा पनि निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघले अर्थतन्त्रलाई विग्रन नदिन आफनो तर्फबाट प्रयास गरिरहेको र भविष्यमा ओद्योगिक व्यवसायिक वातावरण अनुकुल हुने आशा राखेको बताउनु भयो ।

सैनिक कलेजका वरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको सो अवसरमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष रथी रामबहादुर गुरुङले वदलिंदो अवस्थामा सैनिक अधिकृतहरुलाई उद्योग व्यवसाय लगायत वहुपक्षिय विषयमा जानकारी दिन आवश्यक महशुस गरि कलेजले महासंघसंग यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको र कार्यक्रम उपलव्धीमुलक समेत भएको हुंदा भविष्यमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो ।

कार्यक्रममा सैनिक अधिकृतहरुले नेपाली अर्थतन्त्र, उद्योग व्यवसायको विकासमा महासंघको भूमिका, राजश्व, वैकिङ, विश्व अर्थतन्त्रसंग नेपालको सम्बन्ध, सुरक्षा वल गठन, श्रम अवस्था लगायतका विषयमा जिज्ञासाहरु राखेका थिए ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.