»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















उद्योग व्यवसाय क्षेत्रमा भएको लुटपाट एवं तोडफोडको महासंघद्वारा घोर भर्त्सना (२०६४।११।५)


अनिश्चितकालिन तर्राई बन्दका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सिर्द्धार्थनगर उद्योग वाणिज्य संघको सदस्य रुपन्देहीको कम्हरिया स्थित श्याम प्लाईउड इण्डष्ट्रिजमा हतियारधारी सशस्त्र समूहको जत्था आई गत शुक्रवार राती उद्योगका कर्मचारी एवं गार्डलाई बन्दुक तेर्स्याई धनमाल लुट्नुको साथै उद्योगमा आगजनी गरि उद्योग ध्वस्त पारेको तथा बन्दको विषयमा विवाद हुंदा केही उत्तेजित भिडले संघका कार्यसमिति सदस्य एवं टपउड फर्निचरका प्रोप्राइटर राम कुमार शर्माका कर्मचारीका अतिरिक्त संघको हातामा बलजफ्ति प्रवेश गरी तोडफोड गरि नोक्सान पुर्žयाउनुको साथै कर्मचारी एवं सुरक्षा गार्डलाई समेत हातपात गरेको घटनाको नेपाल उद्योग वाणिज्य महासंघ घोर भत्र्सना एवं निन्दा गर्दै बन्दको क्रममा भएको नोक्सानीको क्षतिपूर्तिको लागि महासंघ जोडदार माग गर्दछ ।

विगतको द्वन्द, राजनीतिक अस्थिरता, विद्युत लोड सेडिङ्ग, पेट्रोलियम पदार्थको अभावका साथै नीतिगत एवं प्रक्रियागत समस्या तथा बारम्बारको बन्द हडताल जस्ता कारण समेत उद्योग व्यवसाय तहस नहस भएको वर्तमान अवस्थामा यस क्षेत्रलाई सरकार लगायत सबै पक्षबाट प्रोत्साहित गरि गतिदिनु पर्नेमा उद्योग व्यवसाय वा उद्योगी व्यवसायी र यस क्षेत्रसंग सम्बन्धित संस्थाको जनधन माथि नै क्षति पुर्žयाउनु वा पुर्žयाउने प्रयास गरिनु अत्यन्त दुःखदायी र निन्दनीय कार्य भएको हुंदा यस्ता गतिविधि दोहोरिन नदिन जिम्मेवार पक्षसंग महासंघ आव्हान गर्दछ ।

औद्योगिक व्यवसायिक सुरक्षाको प्रत्याभूति हुन नसक्दा यस क्षेत्रमा निरन्तर आक्रमण गरिनुका साथै चोरी, डकैति, लुटपाट जस्ता घटनाहरु हुने गरेको र यसबाट आफ्नो पेशा व्यवसाय स्वतन्त्र रुपमा संचालन गर्न पाउने नागरिकको मौलिक हक माथि नै आघात पुग्न जानुको साथै उद्योगी व्यवसायी लगायत आम जनताले सुरक्षित महसूश गर्न नसकेकाले यस्ता घटना पुनः दोहारिन नदिन सुरक्षा व्यवस्था सुदृढ पारि शान्ति सुरक्षाको प्रत्याभूतिका लागि महासंघ नेपाल सरकार लगायत राजनीतिक दलहरुसंग आग्रह गर्दै अप्रिय घटना हुन नदिन बन्द आयोजकहरु सदा सचेत हुन र कुनै पनि समस्याको समाधान वार्ताद्वारा गर्न आव्हान गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.