»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















वर्तमान संकटबाट उद्योग व्यवसाय जोगाउन महासंघको कार्यकारिणी समितिको वैठकद्वारा जोडदार आग्रह : महासंघको ४२औं वाषिर्क साधारण सभा आगामी चैत्र १३ (२०६४।११।५)


नेपाल उद्योग वाणिज्य महासंघको ४२ औं वाषिर्क साधारण सभा आगामी चैत्र १३ गते काठमाडौंमा हुने भएको छ ।

महासंघका अध्यक्ष चण्डिराज ढकालको अध्यक्षतामा आज महासंघको सचिवालयमा बसेको कार्यकारिणी समितिको सोह्रौं वैठकले उक्त निर्णय गरेको हो ।

उक्त सभाले आगामी तीन वर्षका लागि महासंघका अध्यक्ष एवं उपाध्यक्षहरु लगायत कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन गर्ने छ ।

विगतको लामो द्वन्दका साथै राजनीतिक अस्थिरता, बारम्बारको बन्द हडताल नाकाबन्दी जस्ता प्रतिकूल औद्योगिक व्यवसायिक गतिविधि तथा नीतिगत एवं प्रक्रियागत कारण समेत धरासायी अवस्थामा पुगेको उद्योग व्यवसाय क्षेत्र श्रम विवाद, विद्युत लोड सेडिङ्ग, तर्राई आन्दोलन र पेट्रोलियम पदार्थको अभावबाट अत्यन्त मर्माहत हुन पुगेकोमा चिन्ता व्यक्त गर्दै उक्त वैठकले ती समस्या तत्कालै समाधानका लागि सक्रिय एवं इमान्दारिपूर्वक लाग्न नेपाल सरकार लगायत राजनीतिक दलहरुलाई जोडदार आग्रह गरेको छ ।

विगतको लामो द्वन्दका कारण धरासायी भएका उद्योग व्यवसायमा तराइमा आन्दोलनरत तीन राजनीतिक दल/समूहद्वारा यही फागुन १ गतेदेखि संचालित अनिश्चितकालिन आन्दोलनबाट यातायात, ढुवानी लगायत औद्योगिक व्यवसायिक वस्तुहरुको आयात निर्यातमा समेत अवरोध उत्पन्न भएका कारण थप प्रतिकूल असर पर्न जानुको साथै आम जनताको दैनिक जनजीवन नै अत्यन्त कष्टकर हुंदै गएकोमा गम्भिर चिन्ता व्यक्त गर्दै वार्ताद्वारा यसको तत्काल समाधान हुनु पर्नेमा पनि सो वैठकले जोड दिएको छ ।

त्यस्तै उक्त वैठकले अहिलेको विषम परिस्थितिमा बैंकहरुले उद्योगलाई सहुलियत व्याजदरमा कर्जा उपलब्ध गराउनुका साथै उद्योग व्यवसाय बन्द हुनबाट जोगाउन सरकार एवं राजनीतिक दलहरु सम्वेदनशील हुनु पर्नेमा समेत जोड दिएको छ ।

महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य रविभक्त श्रेष्ठ, प्रथम, द्वितीय, तृतीय र पदेन उपाध्यक्षहरु क्रमशः दिवाकर गोल्छा, कुशकुमार जोशी, आजाद श्रेष्ठ र रविन्द्र श्रेष्ठ तथा कार्यकारिणी समितिका सदस्यहरुको उपस्थिति रहेको सो वैठकले महासंघका परिषद्/समिति/फोरम सभापतिहरु र अञ्चल प्रतिनिधिद्वारा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्नुका साथै महानिर्देशकको प्रतिवेदनलाई अनुमोदन गरेको छ ।

वैठकलाई सम्वोधन गर्नु हुंदै अध्यक्ष ढकालले तर्राईका समस्या समाधानका लागि निजी क्षेत्रका तर्फाट अझ बढी प्रयासका क्रममा छिट्टै नै तर्राईमा आन्दोलनरत तीनै दल/समूह तथा सातै राजनीतिक दल एवं त्यस क्षेत्रका जिल्ला/नगरस्तरीय उद्योग वाणिज्य संघहरु समेतको सहभागितामा छलफल कार्यक्रम गर्ने कार्यक्रम रहेको, विद्युत लोड सेडिङ्ग तथा पेट्रोलिय पदार्थको सुचारु आपूर्तिका लागि महासंघको सुझाव तत्कालै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनु हुंदै उद्योग व्यवसाय ठप्प हुन जांदा मुलुकको आर्थिक-सामाजिक क्षेत्रका साथै दैनिक जनजीवनमा आइपर्ने कठिनाइलाई समेत गम्भिर रुपमा मनन गरी यस क्षेत्रका समस्या समाधानका लागि सरकार, राजनीतिक दल एवं सम्बन्धित सबै पक्ष लाग्नु पर्नेमा जोड दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.