नेपाल उद्योग वाणिज्य महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशीले कुनै पनि राजनीतिक दलमा आर्थिक एजेण्डाले प्राथमिकता नपाउंदा अधिकांश उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पुगेको बताउनु भएको छ ।
प्यूठान उद्योग वाणिज्य संघको ११ औं वाषिर्क साधारण सभाको हिजो प्यूठानमा उद्घाटन गर्नुहुंदै प्रमुख अतिथि उपाध्यक्ष जोशीले सरकारमा बस्नेहरु बीचनै आर्थिक एजेण्डालाई प्राथमिकता दिने कुरामा विवाद देखिनु दुःखद भएको बताउनु भयो ।
उपाध्यक्ष जोशीले तर्राईमा हाल उत्पन्न असहज अवस्थाबाट उद्योग व्यवसाय क्षेत्रपनि संकटमा पर्नुका साथै आम जनताको शान्ति पर्ूवक जीवनयापन गर्न पाउने अधिकार कुंठित भएको तर्फध्यानाकर्षा गराउंदै तर्राईको समस्या तत्काल समाधान गर्न पनि जोड दिनु भयो ।
उहांले संघको आगामी कार्यक्रममा स्थानीय श्रोत साधनमा आधारित कुटिर उद्योग एवं पर्यटन विकास सहितको प्याकेज कार्यक्रम बनाउन, एक गाउं एक उत्पादन र इलम प्रशिक्षण कार्यक्रमका क्षेत्रहरु पनि किटान गर्दै विकास निर्माण कार्यक्रमहरुमा जुटन व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
प्रमुख अतिथि जोशीले पाल्पा, गुल्मी, अर्घर्ाांची हुंदै प्यूठानसम्म जोड्ने बाटो कालोपत्रे भएमा यस क्षेत्रको कला, संस्कृति, प्राकृतिक र ऐतिहासिक एवं पर्यटकिय ठाउंहरुको प्रचारप्रसार हुन गई ग्रामिण पर्यटनको विकास गर्न सकिने सम्भावना रहेको पनि बताउनु भयो ।
कार्यक्रममा विशेष अतिथि एवं महासंघका तृतीय उपाध्यक्ष आजाद श्रेष्ठले तुलनात्मक रुपमा बढी नाफा हुने वस्तु उत्पादन गर्नुपर्ने वेलामा शान्ति सुरक्षाको व्रि्रदो अवस्था, चर्को लोडसेडिङ लगायतका मारबाट उद्योग व्यवसाय खस्कंदै गएको बताउनु भयो । साथै उहांले संविधान सभाको निर्वाचन निर्धारित समयमै गरी मुलुकलाई जतिसक्दो छिटो निकास दिन आग्रह पनि गर्नुभयो ।
उद्घाटन समारोहमा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष दिपक श्रेष्ठ, पाल्पा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पशुपति भट्टर्राई, अन्तरिम व्यवस्थापिका संसदका विधायक सीता विक, प्रमुख जिल्ला अधिकारी तेज प्रसाद पौडेल एवं विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिले वाषिर्क साधारण सभाको सफलताको शुभ-कामना व्यक्त गर्नु भएको थियो ।
संघका अध्यक्ष इमानसिंह भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव मनोजकुमार श्रेष्ठले संघले विगत एक वर्षा गरेका संस्थागत विकासका विभिन्न कार्यक्रमहरुको प्रगति विवरण र आगामी वर्षा कार्यक्रमहरु र कोषाध्यक्ष डोर प्रसाद पोखरेलले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।