चितवनका रिसोर्ट र लजहरुमा सेवा शुल्कको विवादका कारण सेवा अवरुद्ध भएको सम्बन्धमा विचार विमर्श गरी अविलम्ब आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिन र सेवा सामान्य स्थितिमा ल्याउन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष बिनोद कुमार चौधरी, जीफन्टका अध्यक्ष मुकुन्द न्यौपाने र होटल संघ नेपालका अध्यक्ष प्रकाश श्रेष्ठ तथा होटल संघ नेपाल र नेपाल स्वतन्त्र होटल मजदूर युनियनका पदाधिकारीहरु बीच आज काठमाडौंमा भएको वैठकले सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्ण्र्ाागरेको छ ।
साथै उक्त वैठकमा सेवा शुल्कको सम्झौताको दफा नं. २ को मर्म र भावनालाई आधारमानि विवादतय गर्न होटल संघ नेपालको तर्फाट ५ जना र केन्द्रिय ट्रेड युनियनहरुका तर्फबाट ५ जना प्रतिनिधिहरुको समिति गठन गर्ने र सो निर्णय जनवरी २००८ देखि लागू हुने सहमति समेत भएको छ ।
यसैगरी सो समितिलाई निर्णय पुग्न आपसमा सहमत हुन नसकेको अवस्थामा आजको वैठकमा उपस्थित प्रतिनिधिहरुको पुनः वैठक बोलाई सहमतिमा पुग्ने निर्णय समेत उक्त वैठकले गरेको छ ।