»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















शान्ति सुरक्षाको प्रत्याभूतिका लागि निजी क्षेत्रद्वारा भेलाको आयोजना (२०६४/११/१९)


संविधान सभाको माध्यमबाट देशमा दीगो र स्थायी शान्ति स्थापनाका साथै नयाँ नेपाल निर्माण तर्फ देश अग्रसर भई रहेको तथा संविधान सभाको निर्वाचन तर्फ देश र जनताको ध्यान केन्द्रित भएको वर्तमान अवस्थामा पनि उद्योग व्यवसाय लगायत निजी क्षेत्र माथि हुने गरेको दवाव, आक्रमण, अपहरण, लुटपाट, चन्दा आतंक, हत्या, हिंसा सृंखलाबद्ध रुपमा बढ्दै गई शान्ति सुरक्षाको प्रत्याभूति नभएकोमा नेपाली निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ लगायत सम्पूर्ण निजी क्षेत्रमा गम्भीर चिन्ता छाएको छ ।

देशमा बढ्दो अपराधिक क्रियाकलापका कारण नागरिकको जीउधनको सुरक्षा हुन नसकेको, अपराधिहरु तत्काल पक्राउ भई कानूनी दायरा भित्र आउन नसकेको र आ-आफ्नो पेशा व्यवसाय गरी जीविकोपार्जन गर्ने नागरिकको नैसर्गिक मौलिक अधिकारनै गुम्न गई रहेकोले अपराधिक गतिविधिको विरोध तथा शान्ति सुरक्षाको प्रत्याभूतिको माग सहित नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ र होटल संघ नेपाल समेतको आयोजनामा भोली फागनु २० गते सोमवार विहान ११ बजे काठमाडौंको बसन्तपुरमा भेला गरी विरोध जनाउनुका साथै सो सम्बन्धमा सम्माननीय प्रधानमन्त्री समक्ष ज्ञापन पत्र दिन जाने कार्यक्रम तय गरिएको छ ।

निजी क्षेत्रद्वारा आयोजित उक्त भेलामा सक्रिय रुपमा सहभागी भई कार्यक्रमलाई उपलब्धिमूलक एवं सफल बनाउन महासंघले आफ्ना सम्पूर्ण सदस्यहरु लगायत मानव अधिकारवादी, बुद्धिजीवी, नागरिक समाज एवं व्यवसायिक तथा पेशागत संघ/संस्था तथा व्यवसायिक तथा पेशाकर्मीहरुमा हार्दिक अनुरोध गरेको छ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.