देशमा हत्या, हिंसा, अपहरण, चोरि, डकैति, लुटपाट, आर्थिक दवाव जस्ता घटना बढ्दै जांदा कैयौं उद्योगी व्यवसायी यस्ता अपराधिक क्रियाकलापको कुचक्रमा पर्दै गएको र यसै क्रममा नेपाल उद्योग वाणिज्य महासंघका भूतपूर्व कोषाध्यक्ष एवं नेपाल चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवाल माथि काठमाडौंको बानेश्वर हाइटमा गत दुई साता अघि गोलि प्रहार गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग भएकोमा सो घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी कानूनी कारवाही अघि बढाएको र यस्तै घटनाका अन्य केहीलाई पनि पक्राउ गर्न सफल भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकार लगायत स्थानीय प्रशासन र सुरक्षा निकायको सराहना गर्दछ ।
अपराधिक क्रियाकलापमा संलग्न हुनेहरुलाई पक्राउ गरी कानूनी कारवाहीको क्रम शुरु भएता पनि त्यस्ता गतिविधि अझै जारिनै रहेको तथा कैयौं अपराधि अझै कानूनी दायरा भित्र आई नसकेकोले अपराधिक क्रियाकलाप नियन्त्रणमा अझ तदारुकता अपनाउनुका साथै अपराधिलाई तत्कालै पक्राउ गरी कडा कानूनी कारवाही गर्दै जान महासंघ सरकारसंग जोडदार आग्रह गर्दछ ।