नेपाल उद्योग वाणिज्य महासंघको यही चैत्र १३ गते हुने निर्वाचन सम्बन्धमा मुख्य निर्वाचन अधिकृत सपना प्रधानद्वारा जारी सूचना सम्बन्धी प्रेस विज्ञप्ति जानकारीको लागि प्रकाशित गरिएको छः
२०६४ चैत्र १३ गते बस्ने नेपाल उद्योग वाणिज्य महासंघको ४२ वाषिर्क साधारण सभाले गर्ने निर्वाचन सम्बन्धमा अध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी समितिका सदस्यहरुको निर्वाचन गर्ने वारे यस अघिनै महासंघको सचिवालयबाट परिपत्र र सूचना पठाइ सकिएको छ । निर्वाचन अधिकृतबाट देहाय बमोजिम निर्वाचन कार्यक्रम तालिका तय भएकोले महासंघका सवै सदस्य संघ/संस्थाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छः
१) महासंघको अध्यक्ष, उपाध्यक्षहरु र कार्यकारिणी समितिको निर्वाचनमा उम्मेदवार मनोनयन गर्न चाहने सदस्य संघ/संस्थाहरुले २०६४ चैत्र ६ गते सांझ ६:०० बजे भित्र महासंघको सचिवालयमा रीतपूर्वक उम्मेदवारी दर्ता गराइ सक्नु पर्नेछ ।
२) चैत्र ६ गते भित्र फ्याक्सबाट मनोनयन दर्ता गराउने संघ/संस्थाहरुले २०६४ चैत्र १० गते सांझ ६:०० बजे भित्र मनोनयनको प्रतिलिपि पत्रको सक्कल, निर्णयको प्रमाणित प्रतिलिपि र लाग्ने शुल्क अनिवार्य रुपमा महासंघको सचिवालयमा पेश गरि सक्नु पर्ने छ ।
३) २०६४ चैत्र ६ गते भित्र दर्ता भएका उम्मेदवारहरुको २०६४ चैत्र १० गते सांझ ६ बजे सम्म आइ पुगेका सक्कल कागजात र शुल्क प्राप्ति आदि समेत रुजु गरी सोहि दिन सांझ ६:०० बजे पछि उम्मेदवारको पहिलो नामावली प्रकाशित गरिने छ ।
४) २०६४ चैत्र १० गते सांझ ६:०० बजे प्रकाशित उम्मेदवारको नामावलीमा कुनै संशोधन वा कुनै दावी विरोध पेश गर्नु पर्ने भएमा २०६४ चैत्र ११ गते अपरान्ह ३:०० बजे भित्र महासंघको सचिवालयमा लिखित विवरण पेश गर्न सकिने छ ।
५) २०६४ साल चैत्र १२ गते सांझ ५:०० बजे भित्र तोकिएको ढांचामा महासंघको सचिवालयमा रहेको निर्वाचन सचिवालयमा निवेदन दिई उम्मेदवारबाट आफ्नो नाम फिर्ता लिन सक्ने छन् ।
६) २०६४ चैत्र १२ गते सांझ ६:०० बजे पछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने छ ।
७) २०६४ चैत्र १३ गते विहान १०:०० बजे वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदाताहरुको नामावली प्रकाशित गरिने छ ।
८) प्रकाशित मतदाता नामावलीमा कुनै संशोधन वा कुनै जिकीर गर्नु पर्ने भएमा २०६४ चैत्र १३ गते विहान ११:०० बजे भित्र लिखित विवरण पेश गर्नु पर्ने छ ।
९) २०६४ चैत्र १३ गते विहान ११:०० बजे प्रकाशित मतदाता नामावली माथि परेको दावी विरोध माथि आवश्यक छानविन गरी चैत्र १३ गते अपरान्ह १२:०० बजे अन्तिम मतदाता नामावली प्रकाशित गरिने छ ।
१०) २०६४ चैत्र १३ गते उदघाटन समारोह पश्चात मतदान कार्यक्रम शुरु गरिनेछ ।
११) मतदानको कार्यक्रम सकिनासाथ मतगणनाको शुरुवात गरिनेछ ।