»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका नवनिर्वाचित अध्यक्ष एवं उपाध्यक्षहरुबाट पद वहाली गर्दै सचिवालयलाई निर्देशन


नेपाल उद्योग वाणिज्य महासंघको ४२ औं वाषिर्क साधारण सभाबाट नवनिर्वाचित महासंघका अध्यक्ष कुशकुमार जोशीले आज अध्यक्षको पद वहाली गर्नुभयो । त्यसैगरी नवनिर्वाचित उपाध्यक्षहरु क्रमशः कृष्णप्रसाद ताम्राकार (जिल्ला नगर उद्योग वाणिज्य संघ समूह), भाष्करराज राजकणिर्कार (वस्तुगत समूह) र प्रदीपजंग पाण्डे (एसोसिएट समूह) ले पनि आजै उपाध्यक्षको पद वहाली गर्नुभयो ।

पद वहाली पछि महासंघका नवनिर्वाचित अध्यक्ष जोशीले सचिवालयका कर्मचारीहरुलाई निर्देशन दिनुहुंदै महासंघलाई सम्पूर्ण निजी क्षेत्रको भरोसा र आशाको केन्द्र बनाउने आफनो लक्ष्यमा साथ दिन कर्मचारीहरुलाई आग्रह गर्नु भयो ।

महासंघ सेवामुखी संस्था भएकाले सेवा दिंदा समय, गुणस्तर र उत्तरदायित्व जस्ता कुरालाई मनन गर्न कर्मचारीहरुलाई सुझाव दिनुहुंदै अध्यक्ष जोशीले महासंघको सेवालाई अझ बढी प्रभावकारी पार्न जतिसक्दो छिटो आइएसओ प्रणाली ( ISO System ) लागू गर्ने योजना रहेको बताउनु भयो ।

पदाधिकारी, कार्यकारिणी समिति र सचिवालय महासंघको एउटै परिवार भएकाले परिवारका सबै सदस्यहरुबाट आआफनो जिम्मेवारी र प्रतिवद्धताका साथ कार्य हुनेमा दृढता जनाउंदै अध्यक्ष जोशीले नयां नेतृत्वले महासंघको प्रभावकारीतालाई अझ व्यापक बनाउन दुर दृष्टिका साथ ल्याउने कार्यक्रमहरुको कार्यान्वयनमा सचिवालयबाट पूर्ण सहयोग हुने विश्वास प्रकट गर्नुभयो ।

सो अवसरमा महासंघका नवनिर्वाचित उपाध्यक्षहरु क्रमशः ताम्राकार, राजकणिर्कार र पाण्डेले निजी क्षेत्रले भोग्नु परेका समस्या र आइपरेका चुनौतीहरुलाई सामना गर्दै प्रभावकारी सेवा विस्तार तथा महासंघकेा छविलाई उच्च पार्ने प्रमुख भूमिका कर्मचारीहरुकै भएकोले नयां नेतृत्वले ल्याएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा सचिवालयको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । साथै उहांहरुले महासंघको गतिविधिहरुलाई संशोधित विधान अनुसार विकेन्द्रीत रुपमा कार्य गर्ने बताउनु हुंदै सचिवालयलाई अझ बढी व्यवसायीक बनाउंदै लग्नुपर्ने आवश्यकता ओल्याउनु भयो ।

त्यसअघि नवनिर्वाचित अध्यक्ष एवं उपाध्यक्षहरुको महासंघ सचिवालयमा स्वागत गर्नुहुदै महासंघका कामु महानिर्देशक मेघनाथ न्यौपानले महासंघको नेतृत्वले दिएको निर्देशन अनुसार कार्यगर्न सचिवालय प्रतिवद्ध रहेको बताउनु भयो । उहांले महासंघले प्रदान गर्ने सेवा प्रभावकारी रहदै आएको र यसमा अझ सुधार गर्न सचिवालय दृढ रहेको बताउंदै नयां नेतृत्वले ल्याउने सबै कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास दिलाउनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.