नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष कुश कुशकुमार जोशीको अध्यक्षतामा आज महासंघको सचिवालयमा बसेको कार्यकारिणी समितिको प्रथम वैठकले वरिष्ठ उपाध्यक्षमा सुरज वैद्यलाई र्सवसम्मत रुपमा निर्विरोध निर्वाचित गरेको छ ।
यस अघि नवनिर्वाचित अध्यक्ष कुशकुमार जोशीलाई महासंघको विधान अनुसार निवर्तमान अध्यक्ष चण्डिराज ढकालले र अध्यक्ष जोशीले नवनिर्वाचित उपाध्यक्षहरु क्रमशः कृष्ण प्रसाद ताम्राकार, भाष्कर राज राजकणिर्कार र प्रदीपजंग पाण्डे तथा कार्यकारिणी समितिका सदस्यहरुलाई आ-आफ्नो पदको सपथ ग्रहण गराउनु भयो ।
त्यसैगरी अध्यक्ष जोशीले वरिष्ठ उपाध्यक्ष वैद्यलाई पनि पदको सपथ ग्रहण गराउनु भयो ।
वैठकको प्रारम्भमा नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षहरु एवं कार्यकारिणी समितिका सदस्यहरुलाई निर्वाचन अधिकृतहरुले प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
उक्त वैठकले महासंघका समिति/फोरमहरुको गठन गर्ने अधिकार पदाधिकारी समितिलाई दिएको छ । त्यसैगरी आगामी वैशाख मसान्त भित्र महासंघको विधान अनुसार क्षेत्रीय अवधारणा अनुरुप क्षेत्रीय उद्योग वाणिज्य संघहरुको गठन प्रक्रिया टुंगो लगाउन अध्यक्ष जोशीले महासंघका अञ्चल क्षेत्रका कार्यकारिणी समिति सदस्यहरुलाई आग्रह गर्नु भएको छ ।
सो वैठकले यही चैत्र २८ गते हुन गईरहेको संविधानसभाको निर्वाचनसंगै निजी क्षेत्रको विकास पनि गांसिएकोले उक्त ऐतिहासिक अवसरलाई सफल पार्न सम्पूर्ण सदस्य संघ/संस्था एवं उद्योगी व्यवसायीहरुमा हार्दिक अपिल गरेको छ ।
संविधानसभाको निर्वाचनको सफलतासंगै निजी क्षेत्रको सुरक्षाको प्रत्याभूति समेत हुने भएकोले महासंघले सम्वद्ध सम्पर्ूण्ा सदस्य/संस्था एवं उद्योगी व्यवसायीहरुलाई उक्त ऐतिहासिक कार्यक्रममा एकजुट भई संविधानसभाको निर्वाचन सफल पार्न अपिल समेत गरेको छ ।
यसक्रममा वैठकले मुलुकमा जारी हत्या हिंसा तत्काल बन्द गरी शान्तिपूर्ण वातावरण बाहाली हुनु पर्नेमा जोड दिंदै विराटनगर उपमहानगरपालिका स्थित सरौचिया मस्जिदमा हिजो भएको बम विष्फोटबाट हुन गएको जनधनको क्षत्रि्रति गम्भिर चिन्ता प्रकट गर्दै उक्त कार्यको घोर भर्त्सना गरेको छ । साथै आगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिने तर्फसचेत रहन नेपाल सरकारसंग अपिल गर्दै उक्त घटनामा संलग्न दोषिलाई तत्काल कडा कारवाही गर्न समेत उक्त वैठकले जोडदार माग गरेको छ ।
वैठकलाई सम्वोधन गर्नु हुंदै अध्यक्ष जोशीले मुलुक भित्र थुप्रै चुनौतिहरु र संकटहरु विद्यमान रहेको र संविधानसभा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निजी क्षेत्रबाट भरमग्दुर सहयोग गर्नु पर्नेमा जोड दिंदै महासंघको निर्वाचनमा देखिएको प्रतिस्पर्धात्मक स्थितिलाई विर्सिएर हामी सम्पूर्ण निजी क्षेत्र एकवद्ध रुपमा एक स्वर एक आवाजका साथ अघि बढी महासंघलाई निजी क्षेत्रको अझ बढी गरिमामय र शसक्त संस्था बनाउन लाग्नु पर्नेमा जोड दिनु भयो ।
उक्त वैठकमा महासंघका निवर्तमान अध्यक्ष चण्डिराज ढकाल तथा नवनिर्वाचित उपाध्यक्ष एवं कार्यकारिणी समिति सदस्यहरुको उपस्थिति थियो ।