»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघको प्रतिनिधिमण्डलद्वारा संविधानसभाको निर्वाचन सफल पार्न सहयोग गर्ने प्रतिवद्धता व्यक्त (२०६४/१२/१९)


प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटी संविधानसभाको निर्वाचन सफलतापर्ूवक सम्पन्न गर्ने कार्यमा निजी क्षेत्रको तर्फाट पर्ूण्ा सहयोग रहने प्रतिवद्धता जनायो ।

महासंघका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्षहरु तथा कार्यकारिणी समितिका सदस्यहरुको स्वागतमा प्रधानमन्त्री कोइरालाले आयोजना गर्नु भएको सो भेटघाट तथा चियापान कार्यक्रममा महासंघका अध्यक्ष जोशीले मुलुकको भाग्यरेखा कोर्ने ऐतिहासिक संविधानसभाको निर्वाचनको अवसरमा उद्योगी व्यवसायीले जस्तो सुकै समस्या तथा पिडाहरुलाई बिर्सिएर पनि संविधानसभाको निर्वाचन सफल पार्न सहयोग पुर्ΕΎयाउने विश्वास दिलाउनु भयो ।

अध्यक्ष जोशीले उद्योग व्यवसाय क्षेत्र विभिन्न किसिमका आतंङ्क तथा अस्थिरताबाट सताइने गरेकाले यस क्षेत्रलाई तत्काल शान्ति क्षेत्र घोषित गरि उद्योग व्यवसाय गर्ने सहज वातावरण बनाउन आग्रह गर्नु भयो । साथै उहांले निजी क्षेत्रले उठाएको आर्थिक एजेण्डालाई संविधानसभा पछि बन्ने मुलुकको संविधानमा प्रमुख प्राथमिकताका साथ उल्लेख गर्न जोड दिनु भयो ।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले महासंघको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुलाई बधाई सहित स्वागत गर्नु हुंदै हालै सम्पन्न महासंघको निर्वाचनबाट संविधानसभाको निर्वाचनलाई पनि सफल पार्न सहयोग मिल्ने विश्वास प्रकट गर्नु भयो । प्रधानमन्त्री कोइरालाले शान्ति सुरक्षाका विषयमा निजी क्षेत्रले उठाएका विषयहरुलाई सरकारले उचित सम्वोधन गर्ने विश्वास समेत दिलाउनु भयो ।

उक्त कार्यक्रममा महासंघका पर्ूव अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, उपाध्यक्षहरु कृष्ण प्रसाद ताम्राकार-उद्योग वाणिज्य समूह), प्रदीपजंग पाण्डे -एशोसिएट समुह), कार्यकारिणी समितिका सदस्यहरु र महासंघका का.मु. महानिर्देशक समेतको उपस्थिति रहेको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.