नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव माधवकुमार नेपालसंग नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज एमाले पार्टी कार्यालय बल्खुमा भेटगरी संविधानसभाको निर्वाचनलाई सफल पार्ने कार्यमा सम्पूर्ण क्षेत्रको उत्तिकै सहयोग आवश्यक भएको र त्यसमा निजी क्षेत्रले पनि आफनो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनायो ।
महासंघका नवनिर्वाचित अध्यक्ष एवं प्रतिनिधिमण्डलको स्वागतमा महासचिव नेपालले आयोजना गर्नु भएको सो भेटघाट कार्यक्रममा महासंघका अध्यक्ष जोशीले संविधानसभाको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सहयोग हुनु पर्ने र उद्योगी व्यवसायीले पनि जस्तो सुकै समस्या तथा पिडाहरुलाई समेत बिर्सिएर निर्वाचन सफल पार्न सहयोग पुर्žयाउने विश्वास दिलाउनु भयो ।
उद्योग व्यवसाय क्षेत्रमाथिको आक्रमणलाई गम्भिरतापूर्वक लिई शान्ति सुरक्षाको पूर्ण प्रत्याभुति गराउने कार्यमा राजनीतिक पार्टीहरुबाट सहयोगको खांचो औल्याउंदै अध्यक्ष जोशीले औद्योगिक सुरक्षा वलको गठनमा सहयोग पुर्žयाउन महासचिव नेपालसंग आग्रह गर्नुभयो । निजी क्षेत्रले उठाएको आर्थिक एजेण्डालाई राजनीतिक पार्टीहरुले पनि प्रमुख प्राथमिकताका साथ उठान गर्न आग्रह गर्दै अध्यक्ष जोशीले पर्याप्त औद्योगिक एवं व्यवसायिक विकास विना मुलुकभित्र दीगो शान्ति कायम हुन नसक्ने तर्फपनि ध्यानाकर्षा गराउनु भयो ।
सो अवसरमा महासचिव नेपालले महासंघको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुलाई बधाई सहित स्वागत गर्नु हुंदै संविधानसभाको निर्वाचनलाई सफल पार्ने कार्यमा आफनो पार्र्टर्ी सबै दल, सरकार, नागरिक समाज एवं उद्योगी व्यवसायीहरुसंग हातेमालो गर्न तयार रहेको विश्वास दिलाउंदै निजी क्षेत्रको प्रतिवद्धताको सराहना गर्नुभयो । संविधानसभाको निर्वाचन पछि मात्र मुलुकभित्र दीगो शान्ति स्थापना हुनेहुंदा तत्पश्चात आर्थिक एजेण्डाले प्रमुख प्राथमिकता पाउने विश्वास महासंघको प्रतिनिधिमण्डललाई दिलाउंदै महासचिव नेपालले महासंघले उठाएका औद्योगिक शान्ति तथा आर्थिक एजेण्डाका विषयलाई आफनो पार्टीले उच्च प्राथमिकता दिने र महासंघसंग सहकार्य गर्नेमा पनि प्रतिवद्धता जनाउनु भयो ।
उक्त कार्यक्रममा महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु र महासंघका का.मु. महानिर्देशक समेतको उपस्थिति रहेको थियो ।