संविधानसभाको निर्वाचनका लागि उद्योग प्रतिष्ठानमा विदा दिने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघको अनुरोध
यही २०६४ साल चैत्र २८ गते हुन गई रहेको संविधानसभाको निर्वाचन मुलुकको लागि एक ऐतिहासिक एवं युगान्तकारी क्षणलाई निजी क्षेत्रको तर्फबाट पूर्ण सफल बनाउन नेपाल उद्योग वाणिज्य महासंघले प्रतिवद्धता जनाउंदै आए अनुसार संविधानसभाको निर्वाचनमा सबै उद्योगी व्यवसायी, कामदार/कर्मचारीहरुको व्यापक सहभागिता हुन सकोस भन्ने उद्देश्यले यही चैत्र २७ र २८ गते आ-आफ्नो उद्योग व्यवसायको प्रकृति हेरि २ दिन सार्वजनिक विदाको व्यवस्था गरि संविधानसभाको निर्वाचनमा बढी से बढी सहभागिता गराई सहयोग गरि दिनु हुन सम्पूर्ण उद्योगी व्यवसायीहरुमा महासंघ हार्दिक अनुरोध गर्दछ ।