»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















क्षेत्रीय आर्थिक विकासमा सार्क उवासंघको भूमिका महत्वपूर्ण हुने (२०६४/१२/२२)


सार्क उद्योग वाणिज्य संघले पारवहन तथा यातायात लगायतका पूर्वाधार सुधार, व्यापार सहजिकरण, भंसार संकेत संख्यालाई स्तरीयता, भंसार प्रक्रिया तथा प्राविधिक सहयोग, उर्जा उत्पादन तथा आपूर्ति, लगानी प्रवर्द्धन जस्ता क्षेत्रमा विशेष भूमिका खेल्न सक्ने हुंदा यस तर्फविशेष जोड दिनु पर्ने धारणा व्यक्त गरिएकोछ ।

सार्क उद्योग वाणिज्य संघ (SCCI) का अध्यक्ष तारिक सैयद (Tariq Sayeed) को नेतृत्वमा नेपाल भ्रमणमा आएको सार्क उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरु तथा वस्तुगत संघका पदाधिकारीहरु बीच आज महासंघको सचिवालयमा भएको वैठकमा उक्त धारणा व्यक्त गरिएको हो ।

वैठकमा सार्क उद्योग वाणिज्य संघका अध्यक्ष सैयदले सार्क उद्योग वाणिज्य संघलाई आर्थिक दृष्टिले समेत सक्षम बनाउनु पर्नेमा जोड दिनु हुंदै सदस्यहरु बीच नियमित सम्वाद सम्पर्क र सूचना तथा प्रतिनिधिमण्डलको आदान प्रदानलाई तिब्रता दिनु पर्ने आवश्यकता औल्याउनु भयो ।

साथै उहांले अन्तर क्षेत्रीय व्यापार विस्तारका लागि सहज पारवहन सुविधा तथा पूर्वाधार, उदार भिसा व्यवस्था र भंसार मूल्यांकन, प्रचार प्रसारका साथै सरकारी र निजी क्षेत्र बीच आपसी सहयोग महत्वपूर्ण हुने औल्याउंनु हुंदै यसका लागि संघ प्रयत्नशील रहेको बताउनु भयो ।

महासंघका अध्यक्ष कुश कुमार जोशीले विश्व व्यापारको दांजोमा सार्क क्षेत्रीय व्यापार निकै कम रहेको हुंदा यसलाई विस्तार गर्न गत वर्ष मुम्बइमा सम्पन्न दोस्रो सार्क व्यवसायिक नेतृत्व सम्मेलन (Second SAARC Business Leaders Conclave) को घोषणा कार्यान्वयन हुनु पर्ने उल्लेख गर्नु हुंदै साफ्टा (SAFTA) को पूर्ण कार्यान्वयनबाट यस क्षेत्रमा बलियो आर्थिक वृद्धि हुने विश्वास व्यक्त गर्नु भयो ।

उहांले वंगलादेश र पाकिस्तान बीच नेपालको व्यापार विस्तारको ठूलो संभावना भएपनि पारवहन समस्याका कारण व्यापारको आयतन बढ्न नसकेको औल्याउनु हुंदै अन्तर क्षेत्रीय व्यापार, लगानी, पर्यटन तथा आर्थिक सम्बन्ध विस्तारका समस्या समाधान गर्दै अघि बढ्नु पर्ने आवश्यकता औल्याउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरज वैद्यले नेउवामहासंघ, नेपाल सरकार तथा सार्क उद्योग वाणिज्य संघको सहयोगमा लगानीको गन्तव्य नेपाल (Investment Destination Nepal) कार्यक्रम छिट्टै गर्न प्रस्ताव गरिएको र यो कार्यक्रम जलश्रोत, पर्यटन, कृषि, सूचना प्रविधि जस्ता क्षेत्रको विकासमा महत्वपूर्ण हुने भएकोले यसलाई सफलपार्न सबै क्षेत्रको सहयोग हुने विश्वास व्यक्त गर्नु भयो ।

यस अघि सार्क सचिवालयका निर्देशक विनोद वात्राले सार्क मुलुकहरु बीचको व्यापार विस्तारका समस्या एवं कार्ययोजना सम्बन्धमा प्रकाश पार्नु भएको थियो ।

महासंघका उपाध्यक्ष (एशोसिएट) प्रदीपजंग पाण्डे तथा सार्क उवासंघका उपाध्यक्ष इफ्तिखर अली मलिक (Iftikhar Ali Malik) को समेत सहभागिता रहेको उक्त वैठकमा भएको छलफलमा सार्क मुलुक बीच व्यवसायिक सम्भाव्यताको आधारमा खुला आकास नीति, सीधा बस तथा कार्गो सेवा संचालन गर्नु पर्ने र अन्तर क्षेत्रीय व्यापार तथा लगानी विस्तारका लागि यस क्षेत्रका सरकारले उदार नीति अपनाउनु पर्ने धारणा व्यक्त गरिनुका साथै र्सार्क मुलुकका युवा उद्यमीहरु बीचको आपसी सम्बन्ध विस्तारका लागि यस वर्षआयोजना गर्ने गरी प्रस्तावित सार्क युवा उद्यमी सम्मेलन (SAARC Young Entrepreneurs Sumit) मा सबै मुलुकबाट सक्रिय सहभागिताको समेत अनुरोध गरिको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.