»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















महासंघका अध्यक्ष जोशी र राजदूत कर्ण बीच नेपालमा लगानी विस्तारको सम्भाव्यता सम्बन्धमा छलफल (२०६५/१/१०)


डेनमार्कका लागि नेपाली राजदूत विजयकान्त लाल कर्ण र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी बीच आज महासंघको सचिवालयमा भएको वैठकमा दुई देश बीचको व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनका साथै आर्थिक सम्बन्धलाई अझ विस्तार गर्न आर्थिक कुटनीतिलाई प्रभावकारी रुपमा अघि बढाउनु पर्नेमा जोड दिइयो ।

वैठकमा राजदूत कर्णको स्वागत गर्नु हुंदै महासंघका अध्यक्ष जोशीले नेपालको शान्ति स्थापना प्रक्रियालाई टुंगोमा पुर्žयाउने क्रममा आर्थिक क्रियाकलाप एवं रोजगारी वृद्धि आवश्यक भएको हुंदा नेपालमा विशेषगरी यस्ता परियोजना आकषिर्त गर्नु पर्ने र यस क्रममा महासंघको एक प्रतिनिधिमण्डलले नर्डिक (Nordic) लगायत विभिन्न मुलुकको भ्रमण गरि नेपालमा लगानीको सम्भाव्यता सम्बन्धी प्रदर्शनी (Showcase) गर्ने सोचाई रहेको र यसमा कुटनीतिक नियोगको सहयोग महत्वपूर्ण हुने उल्लेख गर्नु भयो ।

महासंघका का.मु. महानिर्देशक मेघनाथ न्यौपाने समेतको सहभागिता रहेको उक्त वैठकमा राजदूत कर्णले डेनमार्कमा अल्पविकसित मुलुकको लागि औद्योगिक विकास कोष (Industrial Development Fund for LDCs) स्थापना गरिएको र यसले अल्पविकसित मुलुकमा नर्डिक मुलुक (Nordic Countries) को संयुक्त लगानीमा स्थापना भएका उद्योग प्रतिष्ठानको आवश्यकताको आधारमा कम व्याजदरमा ऋण दिने हुंदा नेपालले पनि सो सुविधा उपयोग गरि औद्योगिक विकासलाई टेवा पुर्žयाउन सक्ने र यसका लागि आफ्नो तर्फबाट समेत सक्दो पहल गर्ने आश्वासन दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.