»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















राजदूत मुखर्जी संग भेटवार्ता (२०६५/१/११)


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुश कुमार जोशीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज भारतीय राजदूतावासमा राजदूत शिव शंकर मुखर्जीसंग भेटी द्विपक्षीय आर्थिक एवं व्यापारिक क्षेत्रको विस्तारका विषयमा छलफल गर्नु भयो ।

आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नु भएका राजदूत मुखर्जीसंगको भेटवार्तामा अध्यक्ष जोशीले भारत सरकार, भारतीय राजदूतावास र विशेष गरी राजदूत मुखर्जीबाट नेपालको आर्थिक विकासमा साथै उद्योग व्यापारको विस्तारमा प्राप्त सहयोग र सद्भावको सह्राहना गर्नु हुनु हुदै निजी क्षेत्रको साथै नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट आभार व्यक्त गर्नु भयो ।

नेपालको शान्ति प्रक्रिया देखि संविधान सभाको निर्वाचन सम्पन्न गराउन भारत सरकारबाट प्राप्त सहयोग र भूमिकाको प्रशंसा गर्नु हुदै अध्यक्ष जोशीले नेपालको उद्योग एवं व्यापारको प्रवर्द्धनमा आगामी दिनमा पनि भारत सरकार र भारतीय राजदूतावासको सहयोगको पूर्ण अपेक्षा नेपालको निजी क्षेत्रले गरेको विचार व्यक्त गर्नु भयो ।

महासंघका उपाध्यक्ष प्रदिप जंग पाण्डे, का.मु. महानिर्देशक मेघनाथ न्यौपाने र भारतीय राजदूतावासको काउन्सेलर (इकोनोमिक) हर्षकुमार जैन समेतको उपस्थिति रहेको उक्त वार्ताको अवसरमा अध्यक्ष जोशीले भारतले बढ्दो मूल्य नियन्त्रणको दृष्टिकोणले सिमेन्ट, क्लिन्कर जस्ता बस्तुहरुको अन्य मुलुकहरुमा निकासमा रोक लगाएको पृष्टभूमिमा नेपालको हकमा भने उक्त बस्तु भारतबाट हुने निकासीको परिमाणमा धेरै नै थोरै अंश भएबाट सो प्रतिबन्ध हटाइनु पर्ने माग गर्नु भयो ।

उक्त भेटवार्ताको क्रममा राजदूत मुखर्जीले भारत नेपालको उन्नती, स्थायित्व र शान्ति चाहन्छ भन्नु हुदै अब नेपालमा माओवादीको नेतृत्वमा बन्ने नयां सरकारलाई पनि भारत सरकारबाट यथावत रुपमा निरन्तर सहयोग कायम रहने विश्वाश व्यक्त गर्नु भयो । साथै उहांले नेपालको परिवर्तित पृष्टभूमिमा नेपालको निजी क्षेत्रलाई पनि भारत सरकार र भारतीय राजदूतावासबाट निरन्तर सहयोग उपलब्ध हुने पनि आश्वासन दिनु भयो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.