नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी भारत सरकारको परराष्ट्र मन्त्रालयको अग्रसरतामा विहार राज्यको पटनामा यही वैशाख १४ देखि १५ गतेसम्म आयोजना हुने नेपाल-भारत सम्बन्धका नवोदित प्रवृत्तिहरु (Emerging Trends in Nepal-India Relations) विषयक सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभयो ।
नेपाल-भारत सम्बन्धका राजनीतिक आयामहरु, विकासका प्राथमिकताहरु, आर्थिक सहयोग, व्यापार लगानीका सम्बन्धहरु, संचार र संस्कृति मार्फ सीमापार सम्बन्ध शीर्षकमाथि विस्तृत छलफल हुने सो कार्यक्रममा महासंघका अध्यक्ष जोशीले दुई देश बीचको व्यापार तथा लगानीका सम्बन्धहरु (Trade and Investment Relations) विषयक कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम छ ।
उक्त सम्मेलनमा दुवै देशका कुटनीतिज्ञहरु, उच्चपदस्थ सरकारी अधिकारीहरु, उद्योगी व्यवसायीहरु, प्राध्यापक, पत्रकार, अध्येता, नीति निर्माण तहमा सहभागी सरकारी अधिकारीहरुको सहभागिता रहनेछ ।