भारतको पटनामा वैशाख १४-१५ गते आयोजित नेपाल-भारत सम्बन्धका नवोदित प्रवृत्तिहरु (Emerging Trends in Nepal-India Relations) विषयक सम्मेलनमा भाग लिन जानु भएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी र विहार चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिका अध्यक्ष ओपी साह ( O.P. Shah) बीच हिजो पटनामा भेटघाट भयो ।
नेपाल सरकार उद्योग वाणिज्य मन्त्रालयका वाणिज्य सचिव पुरुषोत्तम ओझा, डावर नेपालका प्रमुख कार्यकारि अधिकृत उदयन गांगुली (Udyan Ganguli) र भारतीय उद्योग महासंघ (CII) का वरिष्ठ सल्लाहकार एस सेन (S. Sen) को समेत सहभागिता रहेको उक्त भेटघाटमा नेपाल र भारतको विहार राज्य बीचको आर्थिक, व्यापारिक, लगानी तथा पर्यटन पर््रवर्द्धनका विविध विषयमा विस्तृत छलफल भएको थियो ।