नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा महासंघको सचिवालयमा आज आयोजित शोक सभाले महासंघको कार्यकारिणी समितिका सदस्य, प्रतिष्ठित उद्योगी व्यवसायी एवं समाजसेवी श्री नामग्याल लामाको वैशाख ८ गते सांझ ५२ वर्षो अल्पायुमानै असामयिक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्žयो ।
यस दुःखद घडीमा शोक सभाले महासंघ परिवार तथा सम्पूर्ण निजी क्षेत्रको तर्फबाट स्वर्गिय लामाको शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्माको चीर शान्तिका लागि श्री परमेश्वरसंग प्रार्थना गर्दै एक मिनेट मौन धारण समेत गर्žयो । लामा महासंघको गत चैत्र १३ गते काठमाडौंमा सम्पन्न ४२ औं वाषिर्क साधारण सभामा भएको निर्वाचनबाट महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित हुनु भएको थियो ।
महासंघको वस्तुगत सदस्य नेपाल फ्रेट फर्वार्र्डर्स एशोसिएशनको अध्यक्षका साथै महासंघद्वारा गठित समितिमा रहेर पनि उहांले महासंघको गतिविधि लगायत देशको उद्योग व्यापार व्यवसायको विकासमा महत्वपूर्ण योगदान पुर्žयाउनु भएको थियो । उहांको यो निधनबाट नेपालको उद्योग वाणिज्य क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको छ । स्वर्गिय लामाले ठमेल पर्यटन विकास समितिका अध्यक्ष, नेपाल निर्यात परिषदका संस्थापक अध्यक्ष, दक्षिण एशिया फ्रेट फर्वार्र्डर्स महासंघको उपाध्यक्ष, नेपाल इण्टर-मोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डका संचालक, र्सार्क उद्योग वाणिज्य संघको साधारण सभा सदस्य र अन्तर्राष्ट्रिय व्यापार संघ-नेपाल समितिका अवैतनिक सचिव समेत भई नेपालको उद्योग व्यापार व्यवसाय प्रवर्द्धनका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय स्तरबाट समेत योगदान पुर्žयाउनु भएको थियो ।
उद्योग व्यापार एवं पर्यटन प्रबर्द्धनको क्षेत्रमा मात्र नभई सामाजिक, धार्मिक एवं सांस्कृतिक क्षेत्रको विकासमा समेत उहांले वहुमूल्य योगदान पुर्žयाउनु भएको थियो । यसक्रममा उहां निर्यात, पर्यटन विकास, शान्ति र विकाससंग सम्बन्धित कदर एवं सम्मानद्वारा विभूषित हुनुहुन्थ्यो । स्वर्गिय लामा स्पष्ट वक्ता, इमान्दार, विवेकशिल र कर्तव्यनिष्ठ हुनुहुन्थ्यो । उहांको निधनबाट राष्ट्रले एक होनाहार युवा उद्यमी व्यवसायी गुमाउनु परेको छ ।
सो सभामा महासंघका अध्यक्ष जोशी र नेपाल फ्रेट फरवार्र्डर्स एसोसिएसनका कार्यवाहक अध्यक्ष रामेश्वर के.सी.ले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो । शोक सभामा महासंघका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु, नेपाल फ्रेट फरवार्र्डर्सका एसोसिएसनका पदाधिकारी एवं सदस्यहरु र महासंघका कर्मचारीहरुको उपस्थिति थियो ।