»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















नेपालको परिप्रेक्षमा प्रत्यक्ष वैदेशिक लगानी तथा औद्योगिक सम्बन्ध (२०६५/१/२२)


नेपालमा पछिल्लो पटक विकसित राजनीतिक परिवर्तनसंगै आर्थिक विकासलाई तिब्रता पार्नुपर्ने र यसका लागि प्रत्यक्ष वैदेशिक लगानी आकर्षण र लचिलो श्रम नीति आवश्यक भएकोमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार (जिल्ला/नगर उवासंघ समुह) प्रदीपजंग पाण्डे (एसोसिएट समूह), कार्यकारिणी समितिका सदस्य र नेदरल्याण्डका लागि नेपाली महावाणिज्यदुत सी. एफ. डी स्टपल्लार (C.F. de. Stoppelaar, Nepalese Consul General to the Netherlands) र नेदरल्याण्डका प्रत्यक्ष बैदेशिक लगानी सम्बन्धी परामर्शदाता मार्टिन सुमेकर (Martin Sumaker, FDI Consultant) बीच नेपालको परिप्रेक्षमा वैदेशिक लगानी तथा श्रम सम्बन्ध विषयक छलफल कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।

सो अवसरमा उहांहरुको स्वागत गर्नुहुंदै महासंघका उपाध्यक्ष पाण्डेले संविधानसभाको निर्वाचन पश्चात नेपालमा राजनीतिक स्थायीत्व कायम रहनेमा निजी क्षेत्र विश्वस्त भएको र अब आर्थिक विकासलाई तिब्रता पार्नुपर्ने आवश्यकता रहेको र यसका लागि प्रत्यक्ष वैदेशिक लगानी आकर्षाका लागि नेदरल्याण्डको अनुभव महत्वपूर्ण हुने बताउनु भयो ।

निजी क्षेत्रसंगको भेट तथा छलफल अन्तरक्रिया तथा सार्वजनिक रुपमा समेत नेकपा-माओवादी) ले वैदेशिक लगानीको आकर्षाका लागि प्रतिवद्धता जनाइसकेको अवस्थामा लगानी आकर्षाका लागि अवको रणनीति तय गर्न पनि यो कार्यक्रम आयोजना गरेको स्पष्ट पार्नुभयो । उहांले यसका लागि महासंघले नयां औद्योगिक नीति, श्रम नीति तथा प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि सम्बन्धी कानून ल्याउन सरकारसंग पहल गरिरहेको जानकारी गराउनु भयो ।

सो अवसरमा महावाणिज्यदुत स्टापल्लरले सानो र विकासको अत्यधिक सम्भावना बोकेको नेपालले आर्थिक विकासमा विशेष ध्यान केन्द्रीत गर्न सुझाव दिंदै कृषि, पर्यटन, जलविद्युत, पर्ूवाधार विकास र सेवा क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको र यसमा नेदरल्याण्डको लगानी आकर्षण गर्न आफ्नो तर्फबाट सक्दो सहयोग पुर्ΕΎयाउनुपर्नेमा जोड दिनुभयो । उहांले यसका लागि लचिलो श्रम नीति, लगानी तथा प्रविधि सम्बन्धी नीति, वैदेशिक लगानीको वातावरण बनाउनुपर्ने सुझाव राख्नुभयो । नेदरल्याण्डको वैदेशिक लगानी तथा श्रम नीति माथि स्पष्ट पार्दै नेदरल्याण्डमा सुमधुर औद्योगिक सम्बन्ध रहेको र नेपालमा पनि यस्तो वातावरण बनाउन नेदरल्याण्डको मोडल उपयोगी हुने बताउनु भयो ।

बैदेशिक लगानी सम्बन्धी परामर्शदाता मार्टिनले वैदेशिक लगानी, सूचना प्रविधि विकास, श्रम नीति, भीसा तथा लाइसेन्स सम्बन्धमा सरकारी प्रक्रियाको सरलीकरण तथा पारदर्शिता माथि जोड दिनु भयो । महासंघको उद्योग समितिका सभापति अशोककुमार तोदीले धन्यवाद मन्तव्य दिनु भएको सो अवसरमा सहभागीहरुले नेपालमा वैदेशिक लगानी आकर्षण, श्रम समस्या समाधान, औद्योगिक सम्बन्ध सुधारमा नेदरल्याण्डका अनुभव माथि विभिन्न जिज्ञासाहरु राख्नु भएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.