»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















स्थानीय विकास मन्त्री गुरुङ्ग समक्ष स्थानीय (कवाडि) कर खारेजीका लागि महासंघद्वारा आग्रह - राष्ट्रिय भेला आइतवार बीरगञ्जमा हुने - (२०६५/२/१)


स्थानीय विकास मन्त्री देव प्रसाद गुरुङ्गसंग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज स्थानीय विकास मन्त्रालयमा भेटी स्थानीय विकास कर विशेषतः कवाडि कर खारेजीको माग गरेको छ ।

महासंघका उपाध्यक्ष (जिल्ला/नगर उवासंघ समूह) कृष्ण प्रसाद ताम्राकार, कर तथा राजश्व समितिका सभापति प्रदीपमान बैद्य र का.मु. महानिर्देशक मेघनाथ न्यौपाने समेत सम्मिलित उक्त प्रतिनिधिमण्डलले स्थानीय कर विशेषतः कवाडि करको बिषयमा करदातामा असन्तोष रहंदा रहंदै पनि यो कर आगामी आ.व. २०६५।६६ मा पनि ठेकेदार मार्फत उठाउने तयारी पुनः शुरु भएकोमा गम्भीर चिन्ता व्यक्त गर्‍यो ।

उक्त अवसरमा मन्त्री गुरुङ्गले उक्त कर समस्या समाधानको लागि आफ्नो तर्फबाट सकारात्मक रुपमा पहल गर्ने आश्वासन दिनु भयो ।

सोही बिषयमा महासंघका अध्यक्ष जोशीको अध्यक्षतामा आज महासंघमा बसेको स्थायी समितिको बैठकले महासंघ र बीरगञ्ज उद्योग वाणिज्य संघको आयोजनामा बीरगञ्जमा आगामी आइतवार (जेष्ठ ५ गते) आयोजना गरिने स्थानीय कर -कवाडि कर) सम्बन्धी राष्ट्रिय भेला सम्बन्धित सबै सरोकारवालाहरुको सहभागिता र प्रभावकारी रुपमा गर्ने निर्ण्र्ाागरेको छ ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा नियमावली २०५६ बमोजिम ठेकेदार मार्फ गैर कानूनी रुपमा बाटोमा पर्ने सबै जिल्ला तथा सबै मालसामानमा स्थानीय कर (विशेषगरी कवाडी कर) उठाउंदै आएकोमा महासंघका सदस्य संघ/संस्थाको सहभागितामा महासंघले स्थानीय विकास मन्त्रालय एवं गृह मन्त्रालय लगायतका विभिन्न निकायमा समस्या समाधानका लागि आवश्यक पहल गर्दै आएको तथा सम्बन्धित मन्त्रालयहरुवाट समेत आफ्ना मातहतका निकायहरुमा निर्देशन, पत्राचार गर्दा समेत उक्त कार्य नरोकिएको कारण व्यवसायिक गतिविधिमा निकै ठूलो अवरोध भई आएको छ ।

स्थानीय कर खासगरी निकासी कर ठेकेदार मार्फ संकलन नगरी जिल्ला विकास समितिले आफै संकलन गर्नुपर्ने र कवाडी कर पूर्णत खारेज गर्नुपर्ने सम्पूर्ण उद्यमी व्यवसायीहरुको माग हुदाहुदै पनि पुनः विभिन्न जिल्ला विकास समितिवाट ठेकेदार मार्फनै कर संकलन गर्ने तयारी भै रहेकोले यस सम्बन्धमा सम्पूर्ण उद्यमी व्यवसायीहरुको तर्फाट सो करको विकल्पमा ठोस राय सुझाव तयार गरी सम्बन्धित निकायमा पेश गर्ने उद्देश्यले उक्त राष्ट्रिय भेला आयोजना गर्न लागिएको हो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.