»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















खाद्य सुरक्षा व्यवस्थाका लागि प्रभावकारी उपायहरु अवलम्बन गर्नु पर्नेमा जोड (२०६५/२/३)


नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्यसंग संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रम (UN World Food Program) का आवासीय प्रतिनिधि रिचार्ड एफ. रागन (Richard F. Ragan) को नेतृत्वमा आएको तीन सदस्यीय टोलीले आज महासंघको सचिवालयमा भेटगरी नेपालमा खाद्य सुरक्षा सम्बन्धमा विस्तृत छलफल गर्‍यो ।

विश्वमा देखा परेको खाद्य संकटको प्रभावबाट नेपाललाई सक्दो जोगाउन समयमानै आवश्यक उपायहरु अवलम्बन गर्नुको साथै प्रभावकारी रुपमा खाद्य सुरक्षा व्यवस्था गर्नु पर्ने र यस बारे उपभोक्ता, व्यवसायिक समूदाय, नागरिक समाज सबैमा जागरण ल्याउनु पर्नेमा उक्त भेटमा जोड दिइयो ।

नेपालमा खाद्य सुरक्षाका लागि विश्व खाद्य कार्यक्रम र महासंघद्वारा संयुक्त रुपमा निकट भविष्यमानै गोलमेच छलफल (Round Table Discussion) आयोजना गर्ने सम्बन्धमा छलफल भएको उक्त वैठकमा खाद्य संकट आउन नदिन सरकार, संयुक्त राष्ट्र संघ र निजी क्षेत्रले मिलेर काम गर्नु पर्नेमा समेत जोड दिइयो ।

वरिष्ठ उपाध्यक्ष सुरज वैद्यले खाद्य संकट लगायत बाढी पहिरो, आगजनी जस्ता दैवी प्रकोपको समयमा महासंघले सरकार, अन्तर्राष्ट्रिय निकाय र नागरिक समाजसंग मिलेर प्रभावकारी रुपमा कामगर्दै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उल्लेख गर्नु हुंदै वर्तमान खाद्य संकटबाट जोगाउन संयुक्त राष्ट्र संघीय निकाय, नेपाल सरकार र निजी क्षेत्र सम्मिलित एक संयन्त्र निर्माण गर्ने कुरा सकारात्मक रहेको बताउनु भयो ।

यस क्रममा प्रमुख खाद्य वस्तुहरुको मूल्य सम्बन्धी जानकारी उपलब्ध गराउन महासंघले सक्दो सहयोग गर्ने पनि वरिष्ठ उपाध्यक्ष वैद्यले बताउनु भयो ।

महासंघका पूर्व अध्यक्ष आनन्द राज मुल्मीले संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमले नेपालमा खाद्य संकट आउन नदिन देखाएको चासोको सराहना गर्नु हुंदै यस्तो समयमा खाद्य सुरक्षा र जनचेतना जस्ता कार्यक्रम मार्फत समेत खाद्य संकट व्यवस्थापन गर्नु पर्नेमा जोड दिनु हुंदै यस प्रकारका संकट एवं सामाजिक सेवा कार्यमा महासंघले देशभरका सदस्य संघहरु मार्फ समेत प्रभावकारी रुपमा कार्य गर्दै आएको बताउनु भयो ।

उक्त वैठकमा महासंघको सामाजिक सेवा समितिका सभापति लोक विक्रम थापा र राष्ट्रिय बजेट समन्वय एवं अनुगमन फोरमका संयोजक जगदीश प्रसाद राठीको सहभागिता थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.