»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















व्यवसायीको हत्या र आक्रमण प्रति महासंघ स्तव्ध (२०६५/२/८)


संविधानसभाको निर्वाचन पछि मुलुकले सही दिशा लिने आशा र्सवत्र भैरहेको अवस्थामा केही दिन यता बढ्दै गएका जघन्य हत्या, अपहरण, लुटपाट, गोली प्रहार जस्ता घटनाले स्थिति झन जटिलता तर्फगइरहेकोमा नेपाल उद्योग वाणिज्य महासंघ अत्यन्त चिन्तित एवं संवेदनशील बनेको छ ।

यसैबीच नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) का जनसेनाद्वारा गत वैशाख २६ गते हत्या गरिएको भनिएका कोटेश्वरका व्यवसायी रामहरि श्रेष्ठको हत्याप्रति महासंघ स्तव्ध भएको छ । महासंघ यस्ता घटनाको घोर निन्दा एवं भत्र्सना समेत गर्दछ ।

व्यवसायी श्रेष्ठ हत्याको घटना वारे सत्यतथ्य पत्ता लगाउन तत्काल एक उच्चस्तरीय छानवीन आयोग गठन गरी यथाशीघ्र घटनाको यथार्थता सार्वजनिक गरेर घटनामा संलग्न दोषी उपर कडाभन्दा कडा कारवाही गर्न महासंघ नेपाल सरकार लगायत सम्बन्धित सबैमा अपिल गर्दछ ।

यसैगरी जेष्ठ ६ गते सांझ विराटनगरमा सटही सेन्टर संचालन गरि व्यवसाय गर्दै आएका राजेश बेगानीलाई अज्ञात समूहद्वारा गोली प्रहार गरि गम्भीर घाइते बनाएको घटनाको पनि महासंघ घोर निन्दा एवं भत्र्सना गर्दछ । उक्त घटनामा संलग्न दोषीलाई तत्काल कानूनको दायरामा ल्याई सख्त कारवाहीका लागि आग्रह गर्दै भविष्यमा यस प्रकारका घटना दोहोरिन नदिने तर्फसरकारको गम्भीर ध्यानकर्षा गर्दछ । महासंघ घाइते वेगानीको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछ ।

साथै यस्तो अवस्थामा मुलुकका जिम्मेवार राजनीतिक दलहरुले स्थितिलाई थपव्रि्रन नदिने तर्फसचेत रहन पनि महासंघ हार्दिक अपिल गर्दछ ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.