एशिया तथा प्रशान्त क्षेत्रका विभिन्न मुलुकमा रहेका गैर आवासीय नेपालीहरुको थाइलैण्डको राजधानी बैंककमा आयोजित क्षेत्रीय सम्मेलनमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशी आज त्यसतर्फप्रस्थान गर्नुभयो ।
उक्त सम्मेलनमा अध्यक्ष जोशीले गैर आवासीय नेपालीलाई संस्थागत रुप दिन तथा नेपालको विकास प्रयासमा गैर आवासीय नेपालीको ज्ञान, शीप, पूंजी एवं प्रविधि आकषिर्त गर्न नेपाली निजी क्षेत्रबाट भएका प्रयास र सम्भावना तथा आपसी सहयोग विस्तार सम्बन्धमा मन्तव्य व्यक्त गर्नु हुने छ ।
आज मे २३ देखि २६ सम्म सञ्चालन हुने उक्त सम्मेलनमा एशिया प्रशान्त क्षेत्र लगायत विश्वका विभिन्न मुलुकमा रहेका गैर आवासीय नेपालीहरुको सहभागिता हुने छ ।
सो सम्मेलन पश्चात अध्यक्ष जोशीको नेतृत्वमा नेपाली टोलीले सरकारी-निजी साझेदारी (PPP) अवधारणा अर्न्तर्गत थाइलैण्डमा सफलतापर्ूवक सञ्चालित एक गाउं एक उत्पादन (One Village One Product) कार्यक्रम सम्बन्धी नीतिगत बिषयमा मे २७ र २८ मा हुने बैठक तथा अध्ययन अवलोकन कार्यक्रममा भाग लिने छ ।