»
Home
»
Introduction
»
Activities
»
»
»
»
International Links
»
Tax Structures
»
Economic Indicators
»
General Information
»
Business Code of Conduct
»
Publications
»
Photo Gallery
»
Secretariat
»
Downloads
»
Membership
»
Keyword
Category















विभिन्न महत्वपूर्ण निर्णयहरु सहित महासंघको कार्यकारिणी समितिको बैठक सम्पन्न


नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष कुशकुमार जोशीको अध्यक्षतामा हिजो काठमाडौमा सम्पन्न कार्यकारिणी समितिको बैठकले महासंघको विशेष साधारण सभा यही जेष्ठ ३१ गते, शुक्रवार पोखरामा आयोजना गर्ने तथा उक्त सभाले मुलुकको आगामी आर्थिक नीतिका सम्बन्धमा महासंघको आर्थिक भिजन (Economic Vision) माथि समेत विस्तृत छलफल गरि अन्तिम रुपदिने निर्णय गरेको छ ।

साथै विशेष साधारण सभाले नेपाल सरकारको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०६५/०६६ को बजेटका सम्बन्धमा महासंघले तयार पार्ने निजी क्षेत्रको सुझाव माथि विस्तृत छलफल गरि अन्तिम रुप दिने निर्णय पनि बैठकले गरेको छ । त्यस क्रममा महासंघले आर्थिक भिजन सहित नयां वजेटका लागि सबै सदस्यहरुबाट सुझाव समेत माग गरिसकेको छ ।

बैठकले महासंघको सचिवालय सुदृढीकरणका लागि द्वितिय उपाध्यक्ष भाष्करराज राजकणिर्कारको संयोजकत्वमा जिल्ला/नगर, वस्तुगत संघ र एसोसिएट क्षेत्रको समेत प्रतिनिधित्व हुने गरि पांच सदस्यीय कार्यदल गठन गर्नुका साथै उक्त कार्यदलले यथाशीघ्र सुदृढीकरणका विषयमा आफनो सुझाव पेश गर्ने निर्णय पनि गरेको छ ।

क्षेत्रीय उद्योग वाणिज्य संघहरुको गठन प्रक्रियालाई छिटो पुरा गर्न सो गठन प्रक्रिया सम्बन्धी नियमावलीलाई बैठकले अन्तिम रुप दिएको छ । महासंघको विधानको पांचौ संशोधन अनुसार क्षेत्रीय उवासंघहरुबाट महासंघको कार्यकारिणी समितिमा पांच जना सदस्य मनोनयन भएर आउने व्यवस्था छ । त्यसैगरी वीरगंज भेलाले निर्णय गरेको स्थानीय निकायहरुले अनियमित र जवरजस्ती रुपमा संकलन गर्ने स्थानीय कर (कवाडी कर) को खारेजीको अभियानलाई सशक्त बनाउने र उत्पत्तिको प्रमाणपत्रलाई बढी व्यवस्थित गर्ने निर्णय गरेको छ ।

बैठकमा भएको छलफलमा संविधानसभाको निर्वाचन पश्चात मुलुक भित्र शान्ति सुव्यवस्था कायम भई राष्ट्रले प्रण गरेका विषयहरुको सम्पादनमा राष्ट्र अघि बढ्ने र आर्थिक क्रान्तिका खाकाहरु तयार हुने आशामा बसेको निजी क्षेत्र हालैका घटनाहरुबाट थप चिन्तित हुन पुगेकाले तत्काल बन्द, हत्या, हिंसा, अपहरण, सांघातिक आक्रमण जस्ता राष्ट्रलाईनै तहस नहस पार्ने गतिविधि बन्द गर्नुका साथै सबै जिम्मेवार राजनीतिक दलहरुले जनता समक्ष गरेका कवुल पुरा गर्न र औद्योगिक सुरक्षाको ग्यारेन्टी तत्काल दिन सरकारलाई दवाव दिने, पेट्रोलियम पदार्थको हाहाकार तथा निर्माण सामग्रीको अत्याधिक मुल्य वृद्धिबाट उद्योग व्यवसाय संचालनमा लागत बढ्नुका साथै आम उपभोक्ताको रोजीरोटीमा समेत गम्भीर असर परेकाले यसप्रकारको समस्या समाधान गर्न तत्काल पहल हुनु पर्ने, कमजोर उद्योग वाणिज्य संघहरुको संस्थागत विकासमा कार्यक्रमहरु ल्याउनुपर्ने, काठमाडौंको ट्राफिक व्यवस्था अस्तव्यवस्त हुंदै गएकोले सडक पूर्वाधार विकास नगरेसम्म सवारी साधन संचालन तथा दर्ता प्रक्रियालाई बढी व्यवस्थित गर्नुपर्ने लगायतका समसामयिक विषयहरुमा वृहत छलफल भएको थियो ।

बैठकलाई सम्बोधन गर्नुहुंदै महासंघका अध्यक्ष जोशीले संविधानसभाको निर्वाचन, परिवर्तित राजनीतिक अवस्था तथा नयां संविधान निर्माण समेतलाई ध्यानमा राखी आगामी दिनमा राज्यले अंगिकार गर्ने आर्थिक नीति, निजी क्षेत्रको भूमिका, विद्यमान असहज अवस्था, कठिनाई तथा चुनौतीहरुलाई समेत विचार गरेर महासंघ अघि बढ्नुपर्ने हुंदा त्यसतर्फसचेत रहन आग्रह गर्नुभयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सुरज वैद्य, उपाध्यक्षहरु कृष्णप्रसाद ताम्राकार, भाष्करराज राजकणिर्कार, प्रदिपजंग पाण्डे, विभिन्न समिति तथा फोरमका सभापति एवं संयोजक र कार्यकारिणी समितिका सदस्यहरुको सहभागिता रहेको उक्त बैठकले विशेष साधारण सभामा कार्यकारिणी समितिको तर्फाट प्रस्तुत हुने वाषिर्क प्रतिवेदन र आव २०६३/०६४ को लेखा परिक्षकको वासलात सहितको आयव्यव विवरणलाई स्वीकृतिका लागि पेश गर्ने निर्णय गरेको छ ।

कार्यकारिणी समितिको बैठक अघि आयोजित महासंघ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा महानिर्देशक मेघनाथ न्यौपानेले महासंघको विगत, वर्तमान र आगामी दिनका कार्यक्रम तथा योजना र यसका चुनौती तथा अवसरहरुका वारेमा विस्तृत रुपमा जानकारी गराउनु भयो ।

बदलिंदो परिस्थिति अनुसार महासंघका सेवा तथा कार्यक्रमहरुलाई चुस्त र प्रभावकारी पार्न सचिवालय सुदृढीकरण, कर्मचारीहरुको सेवा सुविधा लगायत वृत्ति विकासका अवसरहरुको अभिवृद्धि लगायतमा जोड दिनुभयो । प्रस्तुत कार्यपत्र माथि भएको विस्तृत छलफलमा महासंघको सचिवालय सुदृढिकरण लगायत यसले उपलव्ध गराउने सेवाहरुलाई छिटो छरितो र वढी प्रभावकारी पार्ने र कर्मचारीहरुको सेवा सुविधा एवं वृत्ति विकासका अवसर सृजना लगायतका विषयलाई छिटो टुंगोमा पुर्‍याउनु पर्नेमा जोड दिइएको थियो ।

 © Copyright 2005-2014. All Rights Reserved. FNCCI.
Best Viewed in 1024 x 768.